>
Sanchar Club

९८ दिन सुत्केरी विदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

९८ दिन सुत्केरी विदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
सञ्‍चार क्लव
१ वर्ष पहिले

२०७९ जेठ २५ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता ९९८ दिन तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाले नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नपाएको गुनासो आएको भन्दै बुधबार एक सूचना जारी गरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ । स्वास्थ्यकर्मीहरुले प्रसुति विदालाई बढाएर ६ महिना पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् ।