>
Sanchar Club

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चिङ्गाडमा सुरु

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चिङ्गाडमा सुरु
सञ्‍चार क्लव
६ दिन पहिले

२०७७ चैत्र २४  सुर्खेत। हरेक बर्षझै यो बर्षपनि स्वास्थ को लागि खेलकुद राष्ट्रको लागि खेलकुद हामि सबै को लागि खेलकुद भन्ने मुल नाराका साथ चिङ्गाड गाउँपालिका स्तरीय १२औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
श्री मालिका माध्यमिक विद्यालय मटेला मा सुरु भएको हो। चिङ्गाड गाउँपालिका को मुख्य आयोजना रहेको यस कार्यक्रममा सहआयोजक भने मालिका माध्यमिक विद्यालय मटेलाले जिम्मा लिएको छ ।उक्त कार्यक्रम मा प्रमुख अतिथी को रुपमा चिङ्गाड गाउँपालिका अध्यक्ष देब बहादुर चन्द रहनुभएको छ । भने कार्यक्रमको सभापति माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष डोर प्रसाद शर्माले गरेका थिए ।
कार्यक्रममा भलीबल, कपडी, एथलेटिक्स का खेल खेलाइएको छ । उक्त खेलमा हाईजम्प , लङजम्प ,त्रिपलजम्प , सटफुट खेल भएको छ । उक्त खेलमा क्रमस मालिका मा बि मटेला , भैरब मा बि अवलचिङ्ग , ने. रा । मा बि धौलाचाखा चौर रहेको छन।खेलको पहिलो दिनमा छात्रा भलिबल रहेको थियो भने उक्त खेलमा भैरब मा बि अवलचिङ्ग प्रथम , मालिका मा बि दृतिय, ने रा । मा । बि काडाघुवानि तृतिय भएको छ बाकी खेल आज हुदैछ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a