>
Sanchar Club

स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव छ निर्देशक : डा. सापकोटा

स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव छ निर्देशक : डा. सापकोटा
सञ्‍चार क्लव
४ महिना पहिले

२०७८ फागुन २२ हेटौंडा । वि.सं २०५३ सालबाट स्वास्थ्य, चिकित्सा क्षेत्रमा प्रवेश गरेका डा.अर्जुनप्रसाद सापकोटा एक असल र जिम्मेवार चिकित्सक,निर्देशकको रुपमा परिचित छन् । पेसाका हिसाबले संसारमा सबैभन्दा संवेदनशील र सबैभन्दा कठिन पेसा चिकित्सा पेसा हो । सेवा दिने क्रममा लामो समय देखि नेपालका विभिन्न जिल्लाका अस्पतालहरुमा बसेर काम गरेको वर्षौ बर्षको सेवाको अनुभव छ । हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवास्थापन केन्द्रका निमित्त निर्देशक डा.सापकोटा सँग सञ्चार क्लव डटकमका संवाददाता तिलकराज विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

बाल्यकाल र विद्यालयको जीवन
बुवा मनहरी प्रसाद सापकोटा र आमा चन्द्रादेवी सापकोटाको कोखबाट वि.सं २०२३ साल श्रावण १६ गतेमा जन्मिएका डा.सापकोटाको बाल्यकाल काठमाडौं र बाग्लुङमा बित्यो । उनको घर बाग्लुङ भएता पनि जन्म भने काठमाडौंमा भएको थियो । उनका बुवा त्यो बेलाको क्षेत्रीय अदालतका न्यायाधीश थिए । बुवाको जागिर काठमाडौंमा भएको हुदा आमा पनि त्यतै बस्नु हुन्थियो । बुवाको काठमाडौं बाट अन्य जिल्लामा सरुवा हुँदा आमा र सापकोटा भाईबहिनी बाग्लुङ घरमा फर्किए ।
त्यसपछि दमेक गाविसको सुन्तलाचौर माध्यामिक विद्यालयबाट सापकोटाको पढाईको सुरुवात भयो । पढाईमा सानै देखि राम्रो मेहनत गरेका उनी पढाईमा राम्रो ज्ञान राख्ने गर्थे । कक्षाका सबै विद्यार्थी भन्दा अब्बल नै थिए । कक्षामा जहिले प्रथम स्थान हासिल गर्ने गरे । गाउँको विद्यालयमा ७ कक्षा सम्म अध्ययन गरे । त्यपछि उनी फेरी काठमाडौंमा आए ।

८ कक्षा देखिको पढाई काठमाडौंबाट सुरु भयो । उनले पढाईमा सधै मेहनत गरिरहे त्यहाँको विद्यालयमा पनि राम्रो विद्यार्थीको छवि बनाएका सापकोटा विद्यार्थी जीवन जहिले कक्षामा प्रथम भइरहे । त्यसकारण उनलाई विद्यार्थी जीवन रमाईलो लाग्ने गरेको उनी बताउछन् । विद्यालयमा हुने हरेक कार्यक्रमहरुमा सहभागि हुने गर्थे । शिक्षक र साथिहरु विच उनि सबैका प्रिय थिए ।
वि.सं २०४१ सालमा एसलसी पास गरे । त्यसपछि उनलाई बुवाले डाक्टर बन्न साईन्स पढ्नु पर्छ भन्नु भएको थियो ।
काठमाडौंको अमृत साईन्स कलेजमा सापकोटा भर्ना भए । आइएसी पढ्न, उनको पढाई त्यहाँ पनि राम्रो भएपछि पैसा खर्च गर्न परेन सबै भन्दा राम्रो पढाई हुने विद्यालय बुढानिल्कठमा स्कलरसिपमा नाम निकाल्न सफल भएपछि, निशुल्क अध्ययन गर्न पाए । आइएसी काठमाडौंको अमृत साईन्स कलेजबाट नै पास गरे ।
उनले डाक्टर बन्ने सपना देखिसकेका थिए । डाक्टर बन्न सापकोटाले ५ वर्षिय कोर्ष पढन सुरु गरे । उनी स्नातक तहको पढाई गर्दा सामाजिक कार्यहरु र राजनीतिक क्षेत्रका आस्थाहरुमा रुचि राख्ने गर्थे । त्यो क्रममा वि.सं २०५३ सालमा सापकोटाले स्नातक तहरुको पढाई उर्तिण गरे ।
साथै बाग्लुङबाट उनको घर परिवारको बसाई सराई गरेर चितवन जिल्लामा आईसक्नु भएको थियो । सापकोटा पढाई सकेर नयाँ घर चितवन गए ।

जागिरमा सेवा गर्दाको अनुभव र निरन्तर सरुवाको क्रम चलिरहयो ।
त्यो बेलमा पढाई सकिएपछि लोकसेवा नलिएर नै मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सेवाका लागि खटाउने गथ्र्यो । वि.सं २०५३ सालमा पहिलो जागिर मनहरी प्राथामिकस्वास्थ्य केन्द्र मकवानपुरमा अस्थाई जागिर खाए । उनको पहिलो तलब पाँच हजार रुपैयाँ रहेको उनले बताए ।
तर त्यहाँ काम गर्न लागेको धेरै समय वितेको थिएन । उनको हेटौंडा अस्पतालमा पोस्टिङ भयो । हेटौंडा अस्पतालमा डाक्टरहरुको अभावका कारण आफु आउनु परेको सापकोटा बताउछन् । करिव दुईबर्ष अस्पतालमा काम गर्न पाउदा धेरै कुराहरु सिक्न पाएँ । दुई वर्षको हेटौंडा बसाईपछि उनको सरुवा धादिङ जिल्लामा भयो । त्यहाँ काम गर्दा गर्दै लोकसेवा आयोग खुल्यो । डा.सापकोटाले आवेदन दिए उनको नाम निस्कियो लोकसेवा पास गरे । उनी भन्छन् मन खुशि भयो । करारमा काम गर्नुभन्दा स्थाई जागिर भएपछि मन ढुक्क भएको उनी बताउछन् ।
सबैले भन्ने गर्थे दुर्गम गएपछि छिटो बडुवा हुन्छ भनेर, त्यसै स्वरुप उनको स्थाई जागिरको पहिलो पोस्टिङ पुर्वको सोलुखुम्बु जिल्लाको शोलु अस्पतालमा भयो । उनले काम निरन्तर काम गरे । त्यस अस्पतालका डाक्टर बंगालादेश अध्ययन गर्न जादा त्यस अस्पतालको सम्पुर्ण जिम्मेवारी सापकोटाले पाए । जिल्ला स्वास्थ्य प्रमुख र अस्पताल प्रमुख २ वटा जिम्मेवारी सम्हाल्दा निकै व्यस्त र सिक्ने अवसर पाएको सापकोटा बताउँछन् । उनको निरन्तर सरुवाको प्रक्रिया बढिरहयो ।
नेपालका विभिन्न जिल्लाका अस्पतालहरुमा पटक पटक सरुवा हुने गरेको उनको भनाई छ । काभ्रे जिल्लमा मात्र पटक पटक सरुवा हुने गरी करिव सात वर्ष बताए । त्यहाँ हुदा त्यहाँको जनस्वास्थ्य क्षेत्रमा राम्रो सुधार गर्ने अबसर पाए । चिकित्सक र नागरिक विचमा डा.सापकोटा निकै घुलमिल हुन्थे । माओवादी जनयुद्धको आन्दोलनमा उनको सरुवा अछाम जिल्लामा भयो । त्यतिबेला आन्दोलनमा घाईतेहरुलाई औषधी उपचार गर्नु पथ्र्यो । उनलाई त्यस्तो चुनौतिका विच पनि अछाम जिल्ला जानु पर्यो । त्यहाँ जादा उनी करिव एकदिन भन्दा बढि हिनेर पुगेको उनी सम्झन्छन् ।
दुर्गम जिल्लामा जादा कसरी काम गर्ने भन्ने मनमा चिन्ता थियो । गाँउको अस्पताल त्यति व्यवस्थित थिएनन् । काम गर्ने स्टापहरु पनि थिएनन् सबै काम आफै गरेर नागरिकलाई सेवा दिए । करिव साढे २ वर्ष सम्म अछाम जिल्लाको अस्पतालमा बसाई भयो । त्यसपछि सापकोटा भक्तपुर जिल्लामा आए । दुर्गमको लामो बसाई पछि उनलाई केही पढ्न पर्छ भन्ने लाग्यो । त्यसपछि धरान मा एम.पि.एच.पढाईको लागि भर्ना खुलेको थियो । उनले आवेदन दिए नाम निस्कीयो लगभग २ वर्ष धरामा एम.पि.एचको पढाई सकियो ।
उनको सरुवा हुने क्रम जारी थियो । नुवाकोट जिल्ला अस्पतालको प्रमुखको जिम्मेवारी पाएर काम गरे । २ वर्ष नुवाकोटमा सेवा दिइरहेका सापकोटाको सरुवा स्याङजा जिल्लामा भयो । त्यहाँको केही समय पछि रामेछाप जिल्ला प्रमुखको जिम्मेवारी पाए डा.सापकोटाले २ वर्ष रामेछापमा बसेपछि फेरी अन्य जिल्लाहरुमा सरुवा हुने क्रम नै थियो ।
दोलखा जिल्लामा रहदा सापकोटाले अमेरिकामा हुने एक कार्यक्रममा भाग लिएका थिए । छोटो समयका लागि व्यक्तिगत रुपममा जाने योजना गरे । २०७२ बैशाख १२ गते सापकोटा अमेरिकाका लागि जाहाज चढेर गए । त्यही १२ गतेका दिन नेपालमा नसोचेकै भुकम्प जादा नेपालले धेरै क्षती व्यहोहर्न पर्यो । अमेरीका पुगेपछि नेपालमा ठुलो भुकम्प गयो भन्ने समाचार थाहा पाएपछि निरास भएको उनीबताउछन् ।
उनलाई आफ्नो देशको चिन्ता लाग्यो । डा.सापकोटा दोदाहरमा परे नेपाल फर्किनेकी बस्ने भनेर, २ दिनको बसाई पछि अमेरिकामा हुने कार्यक्रमका प्रमुखहरुलाई नेपालमा भुकम्पले अप्ठेरो बनाइरहेको छ, म नेपाल फर्किन्छु भन्दा उनीहरुले आफ्नो कुरालाई सहजै स्वीकृत गरिदिएपछि पछि, डा.सापकोटा नेपाल फर्किए । पहिले जस्तै नागरिकलाई दिने सेवाहरु दिन सुरुवात गरे ।
उनको त्यपछिको सरुवा काठमाडौंमा स्वास्थ्य सेवा विभागमा भयो । करिव डेढ वर्षपछि उनको फेरी सरुवा भयो । देशमा संघीय संरचना आएपछि ३ नम्वर प्रदेशमा डा.सापकोटाको समायोजन भयो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयमा काम गरेको उनी बताउछन् ।

कोभिड–१९ महामारीमा सबै भन्दा बढि जोखिमा स्वास्थ्य क्षेत्र पर्यो ।
कोरोना महामारीले विश्वलाई नै त्रसित बनाइरहेको बेला नेपालमा पनि यस्को जोखिम भित्रिएपछि आफु फोकल प्रसन भएर सेवा गरेको डा.सापकोटा बताउछन् ।
रिपोर्टिङ गर्ने देखि लगायत बागमती प्रदेशका १३ वटा जिल्लाहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने जिम्मेवारी उनलाई नै थियो । सुरुवातमा अरु देशहरुको अवस्था हेरेर केही त्रास फैलिएको हो ।
कतिपय स्वास्थ्यकर्मी साथीहरुले कोभिडको बेला धेरै दुख पाए । ल्याव पिसियार टेस्ट गर्दापनि समस्या नै भयो । पहिलो कोभिड १९ भनेपछि आम नागरिक देखि सबै स्वास्थ्य कर्मीहरुमा पनि त्रास पैदा भएको थियो । तर पनि हामीले आफ्नो कामलाई निरन्तरता दिई महामारीलाई नजिकबाट सावधानीका साथ व्यवस्थापन गरियो । अहिले नागरिकहरुमा त्रास हटेको डा.सापकोटाको भनाई छ ।
२०७८ असोज महिनाबाट स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको प्रमुखकै जिम्मेवारी सम्हालिरहेका छन् । उनले भने जागिर गर्दाको अनुभवमा घर परिवार समाज भन्दा टाडा भइदो रहेछ ।
जागिरको दौडान यति धेरै सरुवा भएर जादा जुन जिल्लामा गएपनि व्यस्त र जिम्मेवारीको हिसावले कामहरु गरे धेरै कुरा सिक्ने अवसर पाए र नागरिकलाई सेवा दिन पाईयो । यो अवसर मेरो जागिरको लक्ष्य पनि यी र यस्तै हुन् ।

प्रदेश, स्थानीय, केन्द्र सरकारले क्षमता अनुसार परिमार्जन गर्न सकिन्छ ।
स्थानीय, प्रदेश र केन्द्र सरकारले आफ्नो क्षमता अनुसारको स्वास्थ्योपचार सेवाको विकास आफैँले गर्ने र सेवा दिने तथा नागरिकको आवश्यकता अनुसार नपुग अवस्थामा जनस्तरबाट सञ्चालित संघसंस्था वा व्यक्तिसँग समन्वय राखी आपसी हितमा समझदारी गरी आवश्यकताअनुसार लचिलो नीति–नियमसहितको ठोस योजना बनाई यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि देहायअनुसार राज्यको स्तरअनुसार जिम्मेवारी र कार्यक्षेत्र तोक्नु उपयुक्त हुने देखिन्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको आवश्यकता र क्षमता अनुसार परिमार्जन गर्न सकिन्छ ।

स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव छ ।
नेपालमा स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव रहेको छ । डा.सापकोटाले भने, अस्पतालहरु खुल्दै छन् स्तरउन्नती गरेता पनि जनसंख्या एकदम वृद्धि भइरहेको र रोगहरु निरन्तर रुपमा फैलिरहेको अवस्थामा मानिसहरु विज्ञ डाक्टरहरुको खोजीमा छ । अहिलेको चुनौति भनेको केही गर्न सक्ने र पढे लेखेका युवाहरु बाहिरी देशहरुमा गइरहेकोे देखिन्छ, त्यसलाई रोक्ने र स्वास्थ्य जनशक्तिको मनोबल बढाउने प्रकारले उनिहरु प्रति लगानि गर्नुपर्ने डा.सापकोटाको सुझाव छ । देशमा तीन तहका सरकारहरु चल्दै जादा जनताले पाउनु पर्ने सेवा सुविधाहरु पाइरहेका छन् । स्वास्थ्य क्षेत्रका भवनहरु पनि क्रमिक रुपमा बनिरहेका छन् ।
अझै स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन र स्वास्थ्य जनशक्तिको उत्पादनमा राज्यले गम्भीर रुपमा सोच्नुपर्दछ ।

सापकोटा भन्छन, डाक्टरहरुको पीडा अस्पताल अस्पताल भनेर पारिवारीक र सामाजिक जीवन विताउन मिल्दैन । यदि हामी व्यस्त हुदा नागरिकले सेवा पाउछन् हामीले सेवा दिएका छौं, दिइरहने छौं ।
जागिरको दौडान सँगसंगै केही अन्तराष्ट्रिय देशहरुमा गएर नयाँ कुराहरु सिक्न अलि धेरै चासो राख्दछु । अस्टेलिया लगायत अमेरिकामा चार पटक सम्म गइसकेको डा. सापकोटा बताउछन् ।
हरेक नेपालीको स्वास्थ्य राम्रो भए सिंगो नेपालको स्वास्थ्य राम्रो हुन्छ। ‘हरेक नेपालीको स्वास्थ्य राम्रो बनाउनु हरेक व्यक्तिको जिम्मेवारी हो’ भन्ने भावनाको विकास गर्न आवश्यक रहेको डा.सापकोटाको भनाई छ ।