>
Sanchar Club

‘सानैदेखिको मेहनतले अहिले निर्देशक भएँ’

‘सानैदेखिको मेहनतले अहिले निर्देशक भएँ’
सञ्‍चार क्लव
७ महिना पहिले

२०७७ कार्तिक ५ सुर्खेत । वि.सं २०४६ सालबाट शिक्षक सेवामा प्रवेश गरेकी दीपा हमाल एक ईमान्दार, असल शिक्षा निर्देशकको रुपमा परिचित छन् । लामो समयदेखि नेपालका विभिन्न शिक्षा विकास  क्षेत्रको प्रशासकको भुमिकामा काम गरिसकेकी उनीसँग शिक्षा क्षेत्रमा काम गरेको लामो अनुभव छ । हाल उनी सुर्खेत शिक्षा विकास निर्देशनालयको निर्देशकको भुमिकामा छन् । समसामयिक विषयमा निर्देशक हमालसँग संचार क्लव डटकमका संवाददाता तिलकराज विक ले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

बुवा हिरालाल हमाल र आमा कृष्णा कुमारी हमालको कोखबाट वि.सं २०२७ साल माघ १८ गते वीरेन्द्रनगर नगरपालिका वडा नं – ५ चिसापानी सुर्खेतमा हमालको जन्म भएको हो । एक निम्न मध्यम वर्गिय परिवारमा जन्म भएको थियो । उनका बुवा नेपाल सरकारको स्थायी पद खरिदारमा जागिर गर्थे । उनकी आमाको दैनिकी घरको काम र बालबालिकाको हेरचाहमैं बित्ने गथ्र्यो ।
मध्यम वर्गिय परिवारमा जन्मिएकी उनको बाल्यकाल सुखद नै बित्यो । दुई भाई, तीन बहिनी मध्येकी कान्छी छोरी हुन् उनी । कान्छी छोरी भएका कारण पनि उनलाई घरको चिन्ता थिएन । खासैइ काम पनि गर्नु पर्थेन् । हमालका बुवाले सरकारी जागिर खाएकोले पनि शिक्षा दिक्षा आर्जन गर्न कुनै समस्या भएन ।
सानै उमेरदेखि पढाईमा रुचि राख्ने हमालले श्रीकृष्ण साँस्कृति माध्यामिक विद्यालय इत्राममा एक कक्षादेखि तीन कक्षा सम्म अध्ययन गरिन् । त्यतिबेलाको इमान्दारीता, अनुसाशन र मेहनतले नै अहिले यहाँ पुगेको हमाल बताउँछिन् । त्यतिबेला विद्यालयमा खेल मैदान तथा अन्य सुविधा नभएका कारण पनि पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलाप पनि केहि पनि हँुदैनथे ।
कक्षा ४ देखि १० सम्म हमालले जन नमुना माध्यामिक विद्यालयमा अध्ययन गरिन् । वि.सं २०४३ सालमा एसएलसी परीक्षामा दोस्रो स्थान हात पार्न सफल भइन् ।
त्यसपछि कक्षा ११, १२ र आइएड सम्मको पढाई शिक्षा क्याम्पस सुर्खेतबाट गरिन् । बिएड बहुमुखी क्याम्पस सुर्खेतबाट र २०५४ सालमा मास्टर डिग्री नेपाली विषयबाट ताहचल क्याम्पस काठमाण्डौंबाट उर्तिण गरिन् । अनवरत मेहनतका कारण दीपाले पढाईमा कहिल्यै फेल हुन परेन ।
वि.सं २०४६ सालमा शिक्षक सेवा आयोगको विज्ञापन खुलेको थाँहा पाएपछि हमालसशित उनकी तीन बहिनीले आवेदन दिइन् । प्राथामिक तहको स्थायी शिक्षक पदमा उनीहरुको नाम निस्कियो । त्यसपछि उनीहरुको परिवारमा झन् खुसी थपियो ।
हमालको पहिलो शिक्षकको नियुक्ति विजयश्वरी माध्यामिक विद्यालय बराहतालमा भएको थियो । त्यो बेलो तलब ९ सय २ रुपैयाँ थियो । त्यतिबेला उनलाई त्यो पैसा प्रशस्त मात्रामा पुग्थ्यो । त्यतिबेलाको शिक्षा अहिले जस्तो महङ्गो थिएन् । आफ्नो पढाई लेखाईको खर्च धाने र घरको सदस्यलाई लत्ता कपडा किनिदिएपछि आफैलाई आत्मनिर्भर भएको महसुस हुन्थ्यो । उनी भन्छिन् पढाईका सँगै जागिरलाई पनि निरन्तरता दिइरहिन् ।
बराहतालबाट छिन्चुमा पढाईन् । बिहान वीरेन्द्रनगरमा क्याम्पस पढ्ने र ९ बजे गाडीमा यात्रा गरेर छिन्चुमा पढाउन जान्थिन् ।
बिहानदेखि बेलुकासम्मको दौडधुपले साँझ थकाई महशुस भएका बेला उनी आफैंलाई मनमनै प्रश्न गर्थिन की, मैले किन यति धरै दुःख गरेकी छु ? तर त्यो विगतको मेहनतले आज निर्देशकको जिम्मेवारीमा भएको देख्दा गर्व लाग्ने गरेका हमाल सुनाउँछिन् ।
२०५१ सालमा प्राविधिक सहायक सुब्बाको लागि उनले लोकसेवा आयोगमा फारम भरिन् । परीक्षा दिएपछि उनको नाम पनि निस्कियो । शिक्षकको जागिरबाट निजामति तर्फ प्रवेश गरकी हमालले नायव सुब्बा स्तरको जागिर २ महिना मात्र खाइन् । त्यसपछि २०५१ सालको साउन ३० गते विद्यालय निरीक्षक अधिकृत स्तरको लोकसेवा आयोगको परीक्षा पास गरेर सुर्खेत जिल्लाको शिक्षा कार्यलयमा विद्यालय निरीक्षकको रुपमा काम गरीन् । २०६८ सालमा उपसचिवको पदबाट शिक्षा विकास निर्देशक बनिन् ।
२०६२ सालमा हमालको जिल्ला शिक्षा अधिकारीको रुपमा कालिकोट जिल्लामा सरुवा भयो । उनले त्यो ठाउँमा काम गर्दा आफ्नो क्षमता विकास गर्ने मौका पाएको बताइन् । जिम्मेवारी सम्हाल्नु मौका भएपनि माओवादीको द्धन्द्ध भएका कारण चुनौती पनि त्यतिकै थियो । कालिकोटमा सडकको पहुँच नहुँदा हेलिकप्टरमा आवत जावत गर्नुपर्ने बाध्यता रहेको थियो । त्यहाँको बसाइमा गरिएको संघर्षले धेरै कुराको चुनौतीलाई पनि च्यालेन्ज थपिएपनि क्षमता बढाउने अवसर मिलेको हमालको भनाई छ ।
कालिकोटबाट सरुवा भई २०७१ सालेदेखि २०७३ सम्म जिल्ला शिक्षा कार्यलय सुर्खेतमा जिल्ला शिक्षा अधिकारीको काम गरिन् । त्यसपछि २०७३ देखि २०७४ सालसम्म शैक्षिक तालिम केन्द्र सुर्खेतमा कार्यालय प्रमुख भएर काम गरिन् । २०७३ सालमा उनको कामको मुल्याङकन गरेर नेपाल सरकारको शिक्षा मन्त्रालयलबाट पुरस्कार पनि हात पार्न सफल भइन् । जुन त्यतिबेला जिल्ला शिक्षा अधिकारी थिइन् । त्यो पुरस्कारले उनलाई अझ झन् हौसला बढायो । निर्देशक हमाल भन्छिन् ‘त्यतिबेला कर्णाली प्रदेशको सुर्खेत जिल्लालाई साक्षर घोषणा गरें । त्यो प्रभावले कर्णालीका अन्य दश ओटा जिल्लामा पनि त्यो अभियान लागु भएपछि धमाधम साक्षर घोषणा गर्न थालियो ।’
हाल कर्णाली प्रदेश सरकारले कर्मचारी समायोजनको शिलसिलामा आफै उनीले कर्णाली रोजिन् । हाल सुर्खेत शिक्षा विकास निर्देशनालयका निर्देशक पदमा छन् ।
आफु महिला भएपनि शिक्षा क्षेत्रको बारेमा गरेको कामको प्रशंसा गर्दै सरकारले दिएको पुरस्कारबाट थप आफुलाई जिम्मेवार बनाएको बताइन् । सेवालाई भगवान मान्ने हमालले काम गर्दा कहिले पनि कसैको चित्त नदुखाएको बताइन् ।
नेतृत्वदायी क्षमता भएकी उनी आफ्नो टीमलाई काम गर्न भनेर उत्साह दिने र काम गर्ने कार्यालयलाई घर र कर्मचारीलाई परिवार सम्झने बताइन् । केही गर्नका लागि आर्थिक रुपमा सक्षम हुनुपर्ने बताउँदै यदि आफुसँग योग्यता नभएको भए अहिले यो स्थानसम्म नपुग्ने बताइन् ।
उनी विद्यालयको निरीक्षक हुदा स्टाप कलेजमा एउटा तालिममा सहभागी भइन् । त्यो तालिमबाट महिलाले कसरी कर्मचारी व्यवस्थापन गर्ने भनेर सिकेको बताइन् । त्यो तालिमले आफुलाई सहज बनाएको बताउँदै आफ्नोे जागिरे जीवनमा प्रयोग गरेको बताइन् । जापान, डेनमार्ग, कोरिया, पाकिस्तान, साउथ इन्डियासम्मको भ्रमणलाई पनि उनले निरन्तरता दिएकी छन् ।
२०५१ साल फागुन महिनामा हमालको बिवाह भयो । दैलेख घर भएका पुर्णमान श्रेष्ठ सँग बिवाह सम्वन्धमा बाँधिन् । दिपा र पुर्णमानको विवाह प्रेम बिवाह भएको हो । उनका अहिले दुई भाई छोरा छन् । घरको सहयोगबाट आफुलाई काम गर्न सहज भएको उनी बताउँछिन् । कर्णालीकै स्थानीय भएका कारण कर्णालीमा गुणस्तरीय शिक्षाका लागि आफु सदैव लागि पर्ने हमालको भनाई छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a