>
Sanchar Club

सल्यानको बागचौर नगरपालिकाले कोरोना खर्च सार्वजनिक गर्यो, कहाँ कति खर्च भयो ?

सल्यानको बागचौर नगरपालिकाले कोरोना खर्च सार्वजनिक गर्यो, कहाँ कति खर्च भयो ?
सञ्‍चार क्लव
१० महिना पहिले

मंसिर २७, सल्यान । सल्यानको बागचौर नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि हालसम्म गरेको खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले शनिबार पत्रकार सम्मेलन मार्फत खर्च विवरण सार्वजनिक गरेको हो ।

विवरणअनुसार २०७६ चैत्र देखि हालसम्म नगरपालिकाले कोरोना रोकथामका लागि १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ खर्च भएको छ । जसमा सबैभन्दा धेरै क्वारेन्टाइनमा बसेकाहरुलाई खाना तथा आवासमा २६ लाख २० हजार ६ सय रुपैयाँ खर्च भएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकाहरुलाई प्रतिदिन २ सय रुपैयाँको दरले दिएको उनको भनाई छ । उनकाअनुसार नगरपालिकाले तीन किसिमका क्वारेन्टाइन बनाएको थियो । सरकारले बनाएको मापदण्ड अनुसारको एउटा क्वारेन्टाइन, प्रत्येक वडामा सामुदायीक क्वारेन्टाइन र होम क्वारेन्टाइन बनाइएको उनले बताए । मापदण्डको क्वारेन्टाइन खाली भएको र क्वारेन्टाइनमा खर्च भएको बजेट सामुदायीक क्वारेन्टाइनमा भएको उनको भनाई छ ।

त्यस्तै स्वास्थ्यकर्मी तथा सवारी चालकलाई प्रोत्सान भत्तामा २३ लाख ३ हजार ९ सय ६६, स्वास्थ्य सामाग्री खरिदमा २२ लाख २ हजार ४ सय ६७, राहत वितरणमा २१ लाख ५८ हजार ९३ रुपैयाँ, स्वंयसेवकहरु परिचालनमा १८ लाख ५४ हजार, स्वंयमसेवकको खाजामा ८ लाख २४ हजार, क्वारेन्टाइन निर्माणमा २ लाख ५९ हजार ६ सय ४५, क्वारेन्टाइन व्यवस्थापनमा १ लाख ४७ हजार ९ सय ६५, नागरिक उद्धारमा १ लाख ९१ हजार ७ सय ५० र अन्य विभिन्न काममा २ लाख ५ हजार ६ सय ६८ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

नगरको कोरोना कोषमा बागचौर नगरपालिकाको रकमान्तर, संघीय तथा प्रदेश सरकारको सहयोग र विभिन्न तहका व्यक्तीहरुले गरेको सहयोगबाट कुल २ करोड ६१ लख ३५ हजार १ सय ३५ रुपैँया जम्मा भएको थियो । जसमा १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ हालसम्म खर्च भएको छ भने १ करोड ३३ लाख ६६ हजार ९ सय ८१ रुपैयाँ खर्च हुन बाँकी छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख लोकमान बुढाथोकीले स्थानीय सरकारमा बजेट कम भएपनि कोरोना रोकथामका लागि भार जति सबै स्थानीय सरकारलाई परेको बताए । कोरोना रोकथामका लागि स्थानीय सरकारले काम गरिरहदाँ विभिन्न संघ संस्था र राजनीतिक दलहरु निदाएको उनको आरोप थियो ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a