>
Sanchar Club

सञ्‍चार क्लव नेपालको सल्यान शाखा उद्धघाटन

सञ्‍चार क्लव नेपालको सल्यान शाखा उद्धघाटन
सञ्‍चार क्लव
५ महिना पहिले

२०७७ कार्तिक २६ सुर्खेत । संञ्चार क्लव नेपालको सल्यान जिल्ला शाखा उद्धघाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच सञ्चार क्लव नेपालको शाखा सल्यानमा उद्धघाटन गरिएको हो । सञ्चारको क्षेत्रमा विगत १ बर्ष देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रही काम गर्दै आएको छ । सुर्खेत मात्र नभई कर्णाली दश वटै जिल्लामा शाखा विस्तार गरी काम गर्ने कल्वका अध्यक्ष खगेन्द्र सुनारले बताए । उनले भने, “सोही अनुसार सल्यानमा शाखा विस्तार गरिएको हो ।” उद्धघाटन कार्यक्रममा बागचौर नगरपालिका सल्यानका नगर प्रमुख लोकमान बुढाथोकीले, सल्यानका हकहितका लागि सञ्चार कल्वले महत्वपुर्ण भुमिका खल्ने बताए । उनले भने, “सल्यान जिल्लाले सञ्चार क्लव संग समन्वयन गरी कर्णाली प्रदेशको विकासका लागि काम गर्न तयार रहेका छौँ ।” राष्ट्रिय दलित पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष सुनारले, संघियताको विस्तारीत रुपलाई मुर्त रुप दिनको लागि सल्यानमा शाखा विस्तार गरिएको हो । आगामी दिनमा सञ्चार क्लवले जनताको आवाज बोल्ने समेत बताए । यस्तै, सामाजिक अभियान्ता प्रेम विश्वकर्माले, पछिल्लो समर्य समाजमा भएका विभिन्न घटनाहरुमा सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहेको बताए । सल्यान शाखा अध्यक्ष खेम सुनारले सञ्चारका् माध्यम बाट समग्र सल्यान जिल्लाको विकास, प्रगतिमा सञ्चार क्लव नेपालले पुर्वगा्रही रुपमा नहेरी काम गर्ने प्रतिवद्धता गरे ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a