>
Sanchar Club

शिवालय ५ वडाअध्यक्ष पदमा नेकपा एमालेबाट गोपाल परियारको उम्मेदवारी दर्ता

शिवालय ५ वडाअध्यक्ष पदमा नेकपा एमालेबाट गोपाल परियारको उम्मेदवारी दर्ता
सञ्‍चार क्लव
२ महिना पहिले

२०७९ वैशाख १५ जाजरकोट । शिवालय गाउँपालिका वडा नम्वर पाँचमा नेकपा एमाले पार्टीबाट वडाअध्यक्ष पदमा गोपाल परियारले मनोनयन दर्ता गराएका छन् । सोमबार पार्टीले परियारलाई निर्विरोध वडाअध्यक्षमा चयन गरेको हो । परियार नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले जाजरकोट जिल्ला कमिटि सदस्य हुन् ।
लामो समय देखि राजनीतिमा लागको उनी दलित नेताको रुपमा परिचित छन् । उनले भने, शिवालय वडा नम्वर ५ मा स्वास्थ्य शिक्षा रोजगारलाई विशेष प्राथामिकतामा राखेर समृद्ध शिवालय बनाउने छु । यहाँको गरिबी,अशिक्षा,बेरोजगारी,अन्धकार,विभेद र असमानता,बिकृति बिसंगतिको विरुद्ध सधै आवाज उठाउने छु । तसर्थ म वडा नम्वर ५ का मतदाताहरुको नजरमा सर्बसम्मत र साझा उम्मेदवारी हुँ । मेरो बिजयले संबैधानिक सर्वोच्चताको संस्थागत बिकास हुनेछ । त्यसकारण एक पटकलाई जनातको सेवा गर्ने अवसर दिनुहोला परियारले भने ।

शिवालय गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष पदका उम्मेदवार गोपाल परियारको अपील 
मेरो आरणीय मतदाता ज्यूहरुलाई यहि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शिवालय गाउँपालिका वडा नम्वर ५ का आमाबुवा दाजुभाई दिदिबहिनीहरु ले सुर्य चिन्हमा मतदान गरि विजय गराउन अपील गर्दछु । मेरो जित ५ नम्वर बासिको जित हुनेछ ।