२०७७ चैत्र १८ जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी १२ जना कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बुधबार शिवालय ५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा करिव १२ जना स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।
प्रवेश गर्नेहरुमा शिवालय ५ बाट जस्बिर बि क, दिपक परियार , प्रतिक्षा परियार ,तुलसा सार्की, सीता नेपाली ,तुलसा नेपाली , भिमा सार्की, शान्त बहादुर खत्री , सुर्मा परियार , बले जैसी, हस्त बहादुर रोकाय, राम बहादुर बुढा नेपाली, कांग्रेस नै जनताको पार्टी भन्दै प्रवेश गरेका छन् ।
नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जाजरकोटका पार्टी सचिव खडक बिसी र कार्यक्रमको अध्यक्षता गरेका शिवालय ६ का सभापति धन बहादुर बुढाले उनीहरुलाई फुलमाला र टिका लगाएर नेपाली कांग्रेसमा स्वागत गरे ।
अतिथिहरुमा नेपाली कांग्रेस जाजरकोट जिल्ला कार्यसमिति सदस्य जनक बि सि, नेपाली कांग्रेस शिवालय गाउँपालिकाका सचिव दिपेन्द्र थापा मगर पुर्ब सचीव कृष्ण बहादुर शाही, युवानेता पारस बिक्रम के सि, सिर्जना रेग्मी शाही, शेर बहादुर खत्री, केशव रेग्मी लगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।