>
Sanchar Club

शिक्षक पेसा छोडेर, राजनीतिमा आए, जनता मेरा मालिक हुन् : नगरप्रमुख थापा

शिक्षक पेसा छोडेर, राजनीतिमा आए, जनता मेरा मालिक हुन् : नगरप्रमुख थापा
सञ्‍चार क्लव
५ महिना पहिले

२०७७ पुस १ सुर्खेत । वि.सं २०४७ सालमा समाज सेवाबाट राजनीतिक यात्रामा प्रवेश गरेका उपेन्द्र बहादुर थापा एक लोकप्रिय नेताका रुपमा चर्चित छन् । लामो समय देखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेर राजनीतिक भुमिका निभाएका थापासँग, आफुले भोगेका दुख,सुखको राम्रो अनुभव छ । हाल पञ्चपुरी नगरपालिका सुर्खेतका नगरप्रमुख छन् । उनै नगरप्रमुख थापासँग जीवन संघर्षको सेरोफेरोमा रही संचार क्लव डटकमका संवददाता तिलकराज वि.कले गरेको कुराकानीमा सम्पादित अंश यहाँ प्रस्तुत छ ।

बुवा मोतिसिंङ थापा र आमा तुलसी थापाको कोखबाट वि.सं २०२० साल पुस १५ गतेका दिन अछाम जिल्लाको विनायक गाविस वडा नं ३ हालको पंचदेवल विनायक नगरपालिका (पान्डार) मा थापाको जन्म भएको हो ।
उनको जन्म एक सम्पन्नशाली परिवारमा भएको थिायो । थापाका हजुर बुवा राजनीतिक गर्थे । बुवा पेशा व्यवासाय गर्नुहुन्थ्यो । आमा भने छोराछोरीको हेरचाहमा समय बिताउथीन् । उनी घरको पहिलो सन्तानको रुपमा जन्मेका थिए । थापाका छ भाई दुइ बहिनी हुन् । जम्मा ९ भाईबहिनी सन्तान थिए, उनका बुवा आमाका । बाल्यकालको उमेर हुर्किदै आमा बुवा भन्दा पनि हजुर बुवा हजुर आमासँगबढी बस्ने गर्थे । उनका बुवालाई छोराछोरीलाई शिक्षादिक्षा दिनुपर्छ भने चेतना थियो । स्वयम थापामा पनि उस्तै रुचि र चाहाना थियो । सानो उमेर उनी चन्चले स्वभावका थिए । थापा घरका पहिलो छोरा भनेर सबै परिवारका साथै छरछिकले पनि असाध्य माया गर्ने गथ्र्ये ।
उनको पढाई शारदा निम्न माध्यामिक विद्यालय विनायक अछाममा एक कक्षा भर्न भए । उनी कक्षा कोठाका सबै साथीभाई शिक्षकहरु सँग घुलमिल हुन्थे । उनको पढाई मध्यम वर्गको थियो । कक्षा कोठामा अनुशासन र ईमान्दारीता राम्रो सँग बुजेको थिए । विद्यालयमा उनी गुरुहरुका प्रीय थिए । चन्चले स्वभाव, सिर्जनशील प्रगतीशिल भएकोले भोलीका दिनमा केही गर्न सक्छ, भनेर गुरुहरुले माया हौसला दिने गर्थे ।
उनका हजुर बुवा अछाममै हुनुहुन्थ्यो । उनी हजुर बुवा हजुर आमासँग अछाममै बसे । थापाका बुवा आमा भने वि.सं २०२८ सालमा बाबियाचौर सुर्खेतमा बस्ती सरेर आउनु भयो । त्यसपछि उनको घर अछाममा पनि भयो र सुर्खेतमा पनि भयो ।
कक्षा एक देखि सात कक्षा सम्म सारधा माध्यामिक विद्यालयमा पढे । त्यहाबाट माथिल्लो कक्षाहरु त्यो विद्यालय थिएनन् । त्यो बेला हाई स्कुलहरु हुदैन्थे । अछाममा दुई वटा मात्र हाई स्कुल थिए । विद्यार्थी जीवनमा २०३३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए ।
मेहेन्द्र व्यवासायीक माध्यामिक विद्यालय अछाम बैइलपाटमा कक्षा ८ भर्ना भए । उनको पढाई निरन्तर रुपमा चलिरहयो । वि.सं २०३६ सालमा एसएलसी उत्तीर्ण गरे । उत्तीर्ण गरे लगतै शिक्षक बन्ने मौका मिल्यो ।
कामेश्वरी प्राथामिक विद्यालयमा शिक्षक बने । थापाको पहिलो जागिर हो । त्यो बेला उनको पहिलो तलव १ सय ८५ रुपैयाँ कमाउन्थे । थापा भन्छन् । अहिले सम्झिदा अच्चम लाग्छ । विद्यालयमा सिकाउने ज्ञान हजारौं विद्यार्थीलाई शिक्षा दिए ।
वि.सं २०४६ सालमा नेपालमा बौहुदल आयो । ४७ सालबाट समाज सेवमा प्रवेश गर्दा शिक्षक पेसा छोड्नु पर्ने बाध्यता भयो । उनको घरबाट पनि समाज सेवा लाग्न सबै सदस्यले प्रेणा दिए । थापाका हजुर वुवा अछाम विनायक गाविस वडा नं ८ का वडाअध्यक्ष थिए । घरका परिवारको प्रेणाले गर्दा मात्र शिक्षक पेशा छोडेको उनी बताउँछन् । उनले भने,‘अव समाजमा रहेका मानिसहरुका लागि केही गर्छु भन्ने हिम्मत गरे । समाज सेवामा थापालाई आम जनमानिसहरुले लोकप्रिय मान्न थाले ।
थापाले नेपाली कांग्रेसबाट प्रतिनिधीत्व गरेर, २०४९ सालको स्थानीय गाउँ विकास समीतिको निर्वाचनमा बाबियाचौर बाट उपाधयक्ष पदमा उम्मेदावरमा निर्वाचित भए । त्यहाँबाट थापा अझन् पार्टीमा सक्रिय रुपमा लागि परे । काम र ईमान्दारीताको ध्येयमा रहेर काम गरे । उनलाई पार्टीले विश्वास गर्न थाल्यो । त्यसपछि, २०५४ सालमा बाबियाचौर गाउँ कार्य समीतिको सभापति भए । निरन्तर काम पार्टीको छलफल भइरहयो । २०५६ साल नेपाली कांग्रेस क्षेत्रिय समीति क्षेत्र नं तीन बाट क्षेत्रिय सचिव भए । १२ औं महाधिवेशनमा सुर्खेतको उपसभापति हुन् पुगे । निरन्तर बढ्ने प्रक्रिया जारी नै थियो । २०७१ सालमा नेपाली कांग्रेस जिल्लाको कार्यवाहक सभापति भएर काम गरे ।
देश संघीयतमा प्र्रवेश गरे सँगै २०७४ सालमा स्थानीय तहहरु निर्माण भयो । उनी जनतामा प्रीय नै थिए । पार्टीले उनलाई नगरपालिकाको टिकट दियो । र विजय पनि भए । थापा सुनाउछन् उपेन्द्र बहादुर थापा एउटा व्यक्ति मात्र नभएर, पञ्चपुरी जनताको विचार हो, युवाको नेतृत्व गरेर जान्छ, भनेर जनताले विश्वास गरेर पठाए ।
उनी भन्छन् पञ्चपुरी बाशीको अथा साथ सपोर्ट विश्वासले म अहिले जिम्मेवार निकाएमा आए । कसैलाई पनि विभेद गरी पछाडि नपारियोस् । किनकी मानिस सबै एउटै हुन् । मेरो पहिलो लक्षय भनेको गरीव,दलित, पछाडि पारिएका मानिसहरुका लागि कसरी बिकास गर्न सकिन्छ । भन्नेमा उनेको जोड छ । समाजलाई परिर्वतन गर्ने मेरो लक्ष्य हो । अहिले भईरहेको पनि छ । उनी भन्छन् मेरो चिन्ताको विषय सबै जात वर्गको सम्मान पँहुच कसरी बन्ने भन्नेमा हो । सबै वर्गले आफ्नो अस्तित्व विकास वर्णन गरेर राजनीतिक क्षेत्रमा पँहुच पुग्न आवश्यक रहेको मेयर थापाको भनाई छ । विकासको कुरा गर्ने हो, भने,‘पञ्चपुरी नगरपालिकाको ११ वटा वडाहरु छन् । पहिले त्यसमा सडकको पँहुच थिएन । हामी निवार्चन भएपछि, सडक पुराएका छौं ।
स्वास्थ्यको विकासमा हेर्ने हो भने,‘पंञ्चपुरीमा स्वास्थ्य चौकीको थोरै थिए । जनताले पाउनु पर्ने सेवा सुविधा पाएका थिएनन् । कतै भएपनि धेरै टाढा जानु पथ्र्यो । तर हामीले जनताको भावनालाई बुजेर नयाँ चार ओटा स्वास्थ्य चौकी स्थापना गरौं ।
पञ्चपुरी बाशीले स्वच्छ खानेपानी खाउन पाउन भन्ने उदेश्यका साथ एक घर एक धारा निमार्ण गरेको मेयर थापा बताउछन् । भौगोलिक विकटताका कारण कई कतैई केही चिजको कमी होला तर पहिलेको अवस्था भन्दा फरक बनाएका छौं । पञ्चपुरी बाशीलाई समुह अन्तरर्गतको काम गराउने नीति बनाएका छौं । उनले भने,‘कृषि उत्पादन गरेपछि बजार बस्तु भाउका लागि नगरापालिकाले जिम्मा लिने छ । कृषकलाई आत्मर्निभर बनाउने नगरपालिको मुख्य योजना रहेको मेयर थापाले स्पष्ट पारे ।
नगरपालिकामा युवा लक्षित कार्याक्रमहरु विनियोजित गरेका छौं । यहाँको सडक निर्माणमा डोजर लगाउनु भन्दा मानिसहरु लगाउने निर्णय गरीएको छ । युवाले रोजगार पाउने र विपद्का जोखिमबाट पनि बच्न सकिन्छ ।
यस नगरपालिकामा हामी परनिर्भर हैन आत्मर्निभर बनौ भन्ने नारानै छ । अहिले यो काम भईरहेको छ । हामी व्यवासायमा लागौ भन्ने उनको मान्याता हो ।
उनी भन्छन् पंञ्चपुरीमा आउनु भएका सम्पुर्ण कर्मचारीहरुले हामीलाई सहयोग गर्नु भएको छ । र हामीले पनि गरेका छौं । राष्ट्र सेवक कर्मचारी पनि जनताका सेवक नै हुन् । मेयर थापा भन्छन् हामी निर्वाचित जनप्रतिनिधी जनताकै सेवाका लागि आएका हौं । राज्यबाट आएको पैसा सही ठाउँमा सदुपयोग हुनु पर्यो,‘विधि अनुसार नियम कानुन चल्नु पर्ने अवस्था छ । तर अहिले धेरै ठाउँमा त्यस्तो मनपरी ढङगबाट काम भएको देखिन्छ । जुन वीधि पद्धति र सिस्टममा सरकार चल्नु पथ्र्यो त्यो ढङगबाट चलेको छैन् । मान्छे रुष्ठ हुनुको कारण यही नै हो ।

पञ्चपुरी नगरपालिका वीधि पद्धति सिस्टमबाट अगाडि बढेको थापा बताउँछन् । उनी भन्छन् हामीले चाहाना गर्ने हो । बाकी जनताको हातमा छ । हामीले जनताको हितका निम्ती काम गरको उनी बताउँछन् । हामी निर्वाचित जनप्रतिनिधी जनताका सेवक हौ । हामीले जनताको सेवा गर्नु पर्छ । हाम्रो मालिक जनाता हुन् । हामी नौकर हौं । जनताले हामीलाई काम गर्न पठाएका हुन् । उनले आफ्नो ईमान्दारीताका साथ भोलीको पुस्ताको लागि काम गर्ने अठोट लिएका छन् ।
पञ्चपुरीका जनताका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, तथा सुरक्षित भविष्यको लागि आफु सदैव चिन्तीत रहने गरेको प्रतिक्रिया दिन्छन् । जनता मेरा मालिक हुन् । जनताको विश्वालाई आत्मसाथ गरेर मिसन र भिजनका साथ काम गर्ने छु । पञ्चपुरी बासीको समृद्ध सपना पुरा र्गछु । मेयर थापा भन्छन् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a