>
Sanchar Club

लोकसेवा तयारी गर्दा रात दिन नभनी पढ्थे : प्रमुख प्रशासकीय अधिकृत खराल

लोकसेवा तयारी गर्दा रात दिन नभनी पढ्थे : प्रमुख प्रशासकीय अधिकृत खराल
सञ्‍चार क्लव
९ महिना पहिले

२०७७ पुस १६ सुर्खेत । वि.सं २०४६ सालमा सरकारी सेवामा प्रवेश गरेका मणिराम खराल एक ईमान्दार कर्मचारीका रुपमा परिचित छन् । लामो समय देखि विभिन्न पदमा रही काम गरेको वर्षौबर्ष सेवाको अनुभव छ । हाल बाँके जिल्लाको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् । उनै प्रमुख प्रशासकीय अधिकृत खरालसँग,‘उनको बाल्यकाल, जीवन भोगाई संघर्षको सेरोफेरोमारही संचार क्लव डटकमका संवाददाता तिलकराज विकले गरेको कुराकानीको संम्पादित अंश यहाँ प्रस्तुत छ ।

बुवा इन्द्रलाल खराल र आमा पार्वती खरालकोे कोखबाट वि.सं २०२५ साल माघ २२ गते सुर्खेत जिल्लाको गर्पण गाविस वडा नं ८ र हालको वीरेन्द्रनगर नगरपालिका १६ मा खरालको जन्म भएको हो । उनको जन्म एक सामान्य कृषक परिवारमा भएको थियो । खरालका बुवा खेतीकिसानी गर्ने गर्थे । आमा भने घरका छोराछारीको हेरचाहमा समय बिताउथीन् । बुवाको रोजगार केही थिएन् । उनी घरको दोस्रो सन्तानका रुपमा जन्मिएका थिए । खरलका एक दिदि र भाई, बहिनी गरेर जम्मा चार भाईबहिनी हुन् । बाल्यकालमा दुःख गरेरै दिनहरु बिताएका उनी बताउँछन् ।

खराल बुवामा आफु दुःख गरेर जस्तो सुकै आर्थिक रुपमा कमी भएपनि सन्तानलाई शिक्षादिक्षा दिनुपर्छ, भन्ने चेतना थियो । स्वयम् उनीमा पनि पढ्न रहर उस्तै थियो । उनको पहिलो पढाईको सुरुवात सरस्वती प्राथामिक विद्यालय सानीलेखमा एक कक्षामा भर्ना भए । अहिले जस्ता विद्यालयहरु थिएनन् । एक कक्षा बाट तीनसम्म पढे । सरस्वती विद्यालय तीन कक्षा सम्म मात्र थियो । चार कक्षा पढ्न राष्ट्रिय माध्यामिक विद्यालय पाम्कामा भर्ना भए । धेरै हिड्नु प्रथ्यो । विहान पाँच बजे उठेर घरमा काम गरेर मात्र विद्यालय जान्थ्यौं । करिव दुई घण्टाको बाटोमा पढ्दै हिनेको खराल सम्झिन्छन् । विद्यालयका अनुशासित विद्यार्थीका रुपमा चिनिन्थे । उनी कक्षामा सबैका प्रिय शिक्षकहरु सँग पनि निकै घुल्मिल हुन्थे ।

पढाईमा राम्रो सम्भावना लगनशिल र मेहनती थिए । त्यसैले उनी पढाईमा कहिले पनि पछाडि हट्नु परेन । राष्ट्रिय माध्यामिक विद्यालय ७ कक्षा सम्म मात्र पढे । फेरी विद्यालय चेन्ज गर्नुपर्ने भयो । आर्दश माध्यामिक विद्यालय मेलीमा ८ कक्षा भर्ना गरे । उनी आठ कक्षामा पढ्दा करिव तीन घण्टा लाग्थ्यो, विद्यालय जान, ‘कहिले आफन्त कहाँ बस्ने कहिले छात्रावास र कहिले हिनेरै पढिन्थ्यो ।
वि.सं २०४३ उनको एसएलसी परिक्षा थियो । खरालको जीवनमा एक व्यक्तिगत घटना घट्यो । बैशाख महिना उनको काफल खाने समयमा काफलको रुखबाट लडेर हात भाचियो । आजकाल जस्तो उपचार गर्ने ठाउँ पनि थिएन् । घरमै जडिबुढी औषधी बुवाले लगाइदिनु भयो । अनि सन्चो भयो, भदौं महिना एसएलसीको टेस्ट परिक्षा दिए । यता परिक्षा दिए, पनि वीरेन्द्रनगर अमर ज्योति माध्यामिक विद्यालयमा दश कक्षामा भर्ना गरे । आफ्नो पढाई कम्जोरी भयो भन्दै, २०४४ साल माघ महिनामा अमर ज्योति विद्यालय नेवारेबाट एसएलसी उर्तिण गरे । खरालले एसएलसी दास्रो श्रेणीमा पास गरेका थिए । उनको यो सफलताले परिवारमा आमा बुवालाई हर्षित बनायो । उनी पनि खुशि थिए ।
२०४५ सालमा वीरेन्द्रनगर बहुमुखी क्यामपसमा उच्च माध्यामिक तहको पढाईका लागि भर्ना भए । सामान्य परिवारबाट हुर्केको र गाउँमा अध्ययन गरेका हुनाले उनले ठुलो विषय लगेनन् । नेपाली,अर्थशास्त्र विषय लिएर पढ्न सुरु गरे ।
उनीको परिवारको अवस्था हेर्दा त्यति आर्थिक हिसावले सम्पन्न थिएन् । त्यसैले खराल जस्तो सुकै जागिर कार्यालय सहयोगी भएपनि खान्छु भन्ने अडान गरे । त्यो सब बाध्यताले हो, आर्थिक रुपमा खरालको परिवार सम्पन्न थिएन । त्यसैले उनी पढ्ने उमेरमा जागिरको खोजीमा भौतारिन पर्यौ ।
४६ सालमा शिक्षा आयोगमा कर्मचारी भर्नाका लागि विज्ञापन खुल्यो । उनले आवेदन दिए । पहिलो पटक नै लिखितमा नाम निस्कीयो । अन्र्तवातामा पास भए । उनले प्राथामिक विद्यालय तहको शिक्षकमा स्थाई जागिर खान सफल भए । उनको पहिलो पोष्टिङ गणेश नेपाल राष्ट्रिय प्राथामिक विद्यालय सुर्खेतको नेटा गाविस र हालको लेकवेशी नगरपालिका वडा नं ५ मा भएको थियो । खरालको सानै देखिको रुचिनै शिक्षक बन्नु थियो । उनी पहिलो पटक शिक्षक बनेर विद्यार्थीहरुलाई पढाउन थाले ।

हजारौ विद्यार्थीका लोकप्रिय र अनुशासित शिक्षकमा पर्थे । उनी अफुले जानेको सिकाउने र विद्यार्थीहरु बाट सिक्ने मौका मिलेको उनी बताउँछन् । खरालको पहिलो तलव आठ सय एघार रुपैयाँ कमाउन्थे । वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भर्ना भए पनि खराल नियमित विद्यालय आउन सकेनन् । शनिवार वीरेन्द्रनगर आएर साथीहरुको नोटकपी आफ्नो कपीमा सार्ने गर्थे । बसाई नेटा गाविसमा भएपनि उनी पढ्नका लागि वीरेन्द्रगर आएर साथीहरु र क्याम्पसमा गइरहन्थे ।

खराल जेठको महिनामा जागिर खाएका थिए । भदौंमा पहिलो पटक चौमासिक तलव २४ सय रुपैयाँ लगेर बुवालाई दिएको उनी बताउँछन् । तर उनलाई त्यो पैसा दिदैगर्दा आफुलाई सफल भएको महशुस गरिरहेका थिए । घरमा आमा बुवा सबै परिवार खुशि हुनुभयो ।
खरालका बुवाको वीरेन्द्रनगर सुब्बाकुना लगभग नौं दश कठ्ठा जमिनको खेत थियो । बस्नलाई जमिन भने थिएन् । उनका परिवारका अनुसार अव छोराले जागिर खाई सक्यो । बस्ती वीरेन्द्रनगर तीर सर्ने सोचका साथ परिवारमा सल्लाह गरे । अनि खरालका बुवाले आमाको सुन र छोराले कमाएको पैसाले वीरेन्द्रनगर नगरपालिका १२ नेवारेमा एक कठ्ठा जमिन नौ हजार रुपैयाँमा किने । खरालको गणेश नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा करिव साढे तीन वर्ष वित्यो ।

उनी निकै मेहनती मिलनसार सरल स्वभावका शिक्षक हुन् । खराल भन्छन् तीन वर्ष वितेको थाहानै भएन् । उनको उच्च माध्यामिक तहको (आइए) पास पनि गरे । त्यपछि उनको सरुवा नेपाल राष्ट्रिय प्राथामिक विद्यालय हरिष्काटे रतु गाविस वडा नं ८ सुर्खेतमा भयो । विद्यालय गए पठनपाठन सुरु गरे । विद्यार्थीहरुलाई निरन्तर पढाईमा लाग्न प्ररेणा दिने गर्थे । खराल त्यहा जादाँ उनको नेवारेमा पहिला किनेको एक कठ्ठा जमिन विक्री गरे । जमिनको भाउ बढेको थियो । नौं हजारमा किनेको जमिन ५० हजारमा विक्रि भयो । फेरी उनले त्यहा नजिकै एघार कठ्ठा जमिन किने ।

२०५० सालमा घर बनाए आफ्नो बस्ती वीरेन्द्रनगर नेवारे सुर्खेतमा सारे । उनको पढाई स्नाकोक्तर पढ्न बाकी नै थियो । विद्यालयमा पढाएर घर आउन करिव दुइ तीन घण्टाको बाटो हिड्थे । कहिले क्याम्पस विहान पढेर विद्यालय पढाउन जान्थे, त कहिले बेलुकाको टिउसन कक्षामा बसेर पढ्ने गरेको उनी बताउँछन् ।

वि.सं २०५२ सालमा खरालले वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नाकोक्तर पास गरे । उनीहरुको परिवार सुर्खेत बसेपनि आर्थिक रुपमा सम्पन्न भएका थिएनन् । आफु साथ साथै भाईबहिनीलाई पनि पढाई रहेका थिए ।
त्यतिखेर विद्यालयहरु प्रस्सत मात्रमा थिएनन् वीरेन्द्रनगर १३ नवलखोलामा निम्न माध्यामिक विद्यालय खोल्ने तयारी थियो । ८ कक्षा सम्मको विद्यालय बनाउने योजना गरिएको रहेछ । आठ कक्षा सम्म पढाउनका लागि स्नाकोक्तर गरेको मार्कसीट दिए, पछि नियुक्ति पाउने नत्र अनुमति थिएन् । उनीसँग सबै डकुमेन्टहरु थिए ।
खराले नियुक्ति पाए । पढाउन सुरुवात गरे । विद्यालय र घर सँगसंगै भएकाले उनलाई केही सहज भयो । उनी पढाउदै गर्दा अव लोकसेवा लड्नु पर्छ, भन्ने हिम्मत गरे । नेवारेमा एउटा बौद्धिक युवा विकास समुह नामक समीति बनाएर रातदिन नभनी पढाईमा लागि परे । खरिदारको लागि तयारी गर्दै थिए । उनी विद्यालयबाट ७ बजे घर पुगेर सबै समुहका साथिहरु राति १२ बजे सम्म अध्ययन गर्ने गरेको खराल बताउँछन् । वि.सं २०५५ सालमा बर्खे विदामा विद्यालय बन्द भए । उनी त्यो समयमा खरिदार दिने तयारीमा थिए ।

खरालले एक जना दाइलाई तपाई मेरो परिक्षा दिनेबेला सम्म पढाई दिनुुुस भने,‘दाईले भदौं महिना बाट उनको सट्टा गइदिए । खरालले सुब्बमा पनि आवेदन दिएका थिए । भदौंमा खरिदारको परिक्षा दिए । मंसिर महिनमा खरालको नाम निस्कीयो । अन्र्तवातामा पनि सफल भए । अव उनले विद्यालयको यात्रा छोड्नु पर्ने भयो । २०५५ साल पुस २४ गते राजीनामा दिए । खरिदारको नियुक्ति लिएर जिल्ला सहकारी कार्यालय सुर्खेतमा आए । सिफारिसका साथ खराल आउदा कार्यालय प्रमुख थिएनन् । एकजना मात्र अधिकृत अरुले नियुक्ति दिन मिलेन । एउटा ठारो हाजिर बनाएर कार्यालयमा काम लागे उनीभन्छन् । एक हप्ता पछि कार्यालय प्रमुख ऋषिराम अर्चाय सर आएपछि नियुक्ति दिनुभयो ।

खरालले नियुक्तिको खुशियालीमा चियापन कार्यक्रम गरेर खादै थिए । भित्र कार्यालयमा एकासी लोक सेवा आयोगको कार्यालबाट फोन आयो । खराललाई बोलायो लिखितमा नाम निस्कीयो । उनी झन खुशि भए, आफुले गरेको मेहनतको फल पाउँदा आफु जिन्दगीमा राम्रो काम गरेको अनुभुति भयो । त्यहाँ चियापन गर्ने सरहरुले पनि बधाई दिनु भयो ।
२०५५ सालको अन्तिम तिर हो । अन्र्तवातामा पनि सफल भए, त्यपछि खरालको नायव सुब्बा अन्तरर्गतको पहिलो पोष्टिङ रुकुमको विजयश्वरी गाविसमा भयो । उनको पद गाविस सचिवमा थियो ।

खरालको विवाह कसरी भयो ?
त्यो जागिरको दौंडान हुनुभन्दा पहिलेनै लगन गाठो कसिसकेका थिए । त्यो हो, २०४६ सालमा एसएलसी पास गरेर वीरेन्द्रनगर बस्दा उनका काकाले एउटा केटी हेर्दिनु भएको रहेछ । उनीहरुले एकअर्का विच मन पराए मागि विवाह भयो । २०४७ सालमा खरालको पहिलो सन्तान छोरा जन्मिए । र २०५१ सालमा छोरी जन्मिइन् । खरालको परिवारले एक सुन्दर जीवन विताई रहेको छ ।

२०५६ सालमा संसदीय निर्वाचन थियो । उनी सुर्खेतकै कार्यालयमा बसे । चुनावको माहोल बढदै गर्दा घरबाट रुकुम जागिरमा आमा बुवाले जान मान्नु भएन । अलि रुकुम भनेपछि शसस्त्र विद्रोह चलिरहेको अवस्था थियो ।
उनी रुकुम फागुन महिनामा जानुपर्नेमा शसस्त्र द्धन्द्धका कारण जेठ महिनामा रुकुम पुगे । त्यतिबेला त्यहाँको चुनाव सकिसकेको थियो । त्यतिबेला काम गर्न हिड्न घुम्न सहज नभएको खरालको भनाई छ । गाडिहरु रुकुम जादैन्थे । उनी रुकुम जादा नेपालगंज गएर प्लेन टिकट काटेर रुकुम पुगे । तर नियुक्ति लिएर सदरमुकाम खलंगाबाट विजयश्वरी गाविस जानु पर्यो । एक जना शिक्षकलाई साथी बनाएर गाविस तर्फ पठाइयो ।
तर बाटोमा दुःख भोग्नु पर्यो । बाटो बाटोमा प्रहरी सेना हुन्थ्ये । मौवादी हो कि ? भनेर सोधिरहन्थे मनमा डर पैदा भयो । कतै हामीलाई पनि केही गर्ने पो होकी भनेर । त्यस्तै सास्ती भोग्दै आफ्नो कार्यक्षेत्र तीर खराल पुगे । त्यहाँ काम गर्दै गर्दा हरेकौं लडाई झगडा हुन्थ्यो । माथिबाट आर्मीले बमफाल्ने, र स्थानीहरु राके जुलुस निकालीरहन्थे । त्यहा बसेर काम गर्न हम्मे हम्मे भयो उनी भन्छन् ।

उनको बसाई करिव एक वर्ष भयो । वि.सं २०५७ साल भदौ महिनमा जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा उनको सरुवा भयो । सुर्खेतमा बस्दा हरेक कुराहरु सजिलो भयो । आफ्नै घर परिवार सँग बस्ने मौका मिल्यो । विशेष छोराछोरीको पढाईमा पनि हेरचाहा गरको खराल बताउछन् ।
उनको सुर्खेतको बसाई करिव चार बर्ष बित्यो । नायव सुब्बा खाएपछि बिचमा नेपालमा लोकसेवा आयोग बन्द भएको थियो । खरालले लोक सेवा खुलेपछि नेपाल सरकारको अफिसरको तयारीमा थिए । केही नयाँ पाठ्यक्रम चेन्ज भएपछि लोकसेवा आयोग खुल्यो ।
वि.सं २०६० सालमा खराल अफिसरको तयारीका लागि काठमाडौं तीर लागे । उनी डेढ महिना जति अध्ययन गरे । अफिसर पनि भए । पहिला निवार्चन आयोगका कार्यालयहरु थोरै जिल्लाहरुमा थिए ।
त्यो बेला भने ७५ जिल्लामा खुल्ने भए । निवार्चन आयोगले भन्यो,‘ जुन पहिलो नायव सुब्बामा काम गरिरहेका छन् । उनीहरुलाई कानुन विवार्चन अधिकृत बनाउने भन्यो । खराल त्यसमा काम गर्ने रुचि राखे । जिल्ला छान्न् लगाईयो, उनले डोल्पा जिल्ला रोजे ।

हवाई यात्रा गरेर डोल्पा जानु पथ्र्यो । सजिलै टिकट पाईदैन्थे । भौगोलिक विकटता कारण डोल्पामा बस्न त्यति सजिलो भने थिएन । तर जसो तसो कार्य क्षेत्रमा पुगियो उनीभन्छन् । खराल डोल्पा जिल्लाका निर्वाचन अधिकृतको पदमा थिए । त्यहा पनि द्धन्द्ध नै थियो । बाहिर निस्कदा पनि सिडिओको अनुमति लिनु पर्ने हुन्थ्यो । अन्य कर्मचारीहरु पनि थिए । आफु अलि ठुलो उमेर जिम्मेवारीको हिसावले पनि साथीहरु रातीमा सँगै बस्थ्यौं । उनको एक वर्षको कार्याकाल पछि, २०६२ सालमा बाँके जिल्ला निर्वाचन कार्याल नेपालगंजमा सरुवा भयो । र खरालका जेठा छोरा ६१ सालको एसएलसी पास गरेर पढाईको क्रममा हेल्थ अस्टिेनमा नाम निकालेका थिए । बुवाको बाँके जिल्लामा कार्यक्षेत्र हुदा राम्रै भएको खराल बताउछन् । बाँकेको ६४ सालको संविधान विर्चान सके ।
र वि.सं २०६५ सालमा फेरी उनको सरुवा डिभिजन सिंचाई कार्यालय सुर्खेतमा आए । उनले आफ्नो काम गरे । उनको लामो बसाई सुर्खेतमा रहेका खराल भन्छन् । २०६७ सालमा उनको सरुवा भवन डिभिजन कार्यालय सुर्खेतमै सरुवा भयो । त्यहाँ खराल २०७२ सालसम्म बसे ।
उनको सरुवा हुने क्रम जारी नै थियो । ७२ पछि जनस्वास्थ्य कार्यालय बाँके जिल्लामा आए । उनलाई हरेक कुरामा सहज भयो । अफिसर अधिकृत बनेर काम गर्दा । बाँकेमा दुइ वर्ष बसेपछि, नेपालमा प्रदेश सरकारका कार्यालयहरु स्थापना भए । सँगै खरालको सरुवा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय सुर्खेतमा भयो ।

त्यतिबेला कार्यालय स्थापन राम्रो सँग भएकै थिएनन् । त्यस्तै पनि हरेक व्यवस्थापन मिलाएर कार्यालय स्थापना गरेका थियौं । उनी भन्छन् । कर्णाली प्रदेशमा उनको बसाई दुई वर्ष जति भयो । त्यसपछि समायोजन हुदा आफुले संघीय सरकारमै रोजेर २०७५ सालमा काठमाडौं गए । खराल गृह मन्त्रालय तीर जान चाहान्थे । तर पनि सबै साथीहरुको सल्लाह अनुसार स्थानीय तहको उपनिर्वाचनमा जाने पक्का भयो । फेरी खरालको सरुवा प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा भयो । त्यहाँ दुइवटा वडामा निर्वाचन गर्नु पर्ने थियो ।

त्यहाको निर्वाचन सहज तरिकाले सम्पन्न गरियो । र जनप्रतिनिधीहरुले सपथ लिए । खरालको बसाई प्युठानमा ४ महिना मात्र भयो । उनको अव यात्रा फेरी स्थानीय तह अन्र्तगत लाग्यो । २०७६ साल पुस महिनामा बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बने । खरालले पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

उनी कार्यक्षेत्रमा पुगेको केही दिनमै कोरोना महामारीले विश्वनै आक्रान्तमा पर्यो । त्यसैमा झन केही काम गर्न नै पाइएन भन्छन् प्रमुख प्रशासकीय अधिकृत खराल । कोरोना संक्रमित दिनानु दिन बढ्दै जादाँ सबैको बेहाल भयो । नागरिकलाई कसरी सुरक्षित राख्ने काम तिर लाग्यौं । भारत तीरबाट आउने मानिसहरु बाट झन त्रास फैलियो । तर पनि संकटमा हामी सबै नरैनापुर गाउँपालिका बासीले हातेमालो गरेर अगाडि बढौं अधिकृत खराल भन्छन् ।

हाल खजुरा गाउँपालिका बाँकेमा छन् । खजुराकै निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । सामान्यतया प्रमुख प्रशासकीय अधिकृत हुदा यस्तो हुन्छ । तर अधिकृत खराल सरल स्वभावका छन् र मीठो बोल्छन् । झट हेर्दा अधिकृत जस्तै देखिन्छन् । सबै सेवा ग्रहाई सँग घुल्मिल हुन्छन् । आम सेवाग्रहाईहरु खराललाई लोकप्रिय मानेका छन् ।

उनी भन्छन् स्थानीय तह नयाँ संरचना पनि हो । कर्मचारी र जनप्रतिनिधीमा नङ र मासु जस्तै सम्बन्ध हुनुपर्ने देखिन्छ । अधिकृत खराल भन्छन् राज्यले कर्मचारीको मनोबल उच्च पार्नु पर्छ । कतै केही कमी भएको महशुस हुन्छ । उनी भन्छन् विकासमा राजनीतिकरण गरिनु हुदैन् । कर्माचारी, राजनीतिज्ञ, आमसंचार माध्यम र जनता सबै मिलेर देश बनाउन जरुरी देखिन्छ । तर त्यसलाई पनि राज्यले गम्भिरतापुर्वक सम्बोधन गर्नुपर्छ ।

जनप्रतिनिधी र कर्मचारीले देश र जनताको भलो चितायर काम गर्नु पर्छ । म हिजोको दुःख संघर्षले आज अधिकृत भए । त्यो मेरो अठोट मेहनत हो, मेरो संघर्षलाई राज्यले विश्वास गर्यो । त्यसलाई मैले ईमान्दारिता पुर्वक जीम्मेवारी पुरा गर्नुपर्छ । यसमा खरालको एउटै विचार छ जनप्रतिनिधी र कर्मचारीले ईमान्दारीता मेलमिलाप हुनुपर्छ । तव मात्र समृद्ध देश र सुशी नेपाली बन्नेछन् । भन्छन् प्रमुख प्रशासकीय अधिकृत खराल ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a