>
Sanchar Club

रौतहटमा एउटै नम्बर प्लेटका दुईवटा गाडिको जम्काभेट भएपछी….

रौतहटमा एउटै नम्बर प्लेटका दुईवटा गाडिको जम्काभेट भएपछी….
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ पुस १३ काठमाडौं । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा एउटै नम्बर प्लेटको दुईवटा गाडी भेटिएको छ । जिल्लाको चन्द्रनिगाहपुर चोकमा रोकिराखेको अवस्थामा बा १७च ९३६५ नम्बरको स्कोरपियो गाडी फेला परेको हो ।
दुई वटा गाडीमध्ये एउटा सिल्भर रंगको र अर्को सादा सेतो रंगको रहेको छ । एउटै नम्बरको दुई वटा गाडी देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
दुई सवारीमध्ये सिल्भर रंगको गाडीको विलबुक तथा कागजात साथमा रहेको तर सेतो रंगको गाडीको केहीपनि कागजात साथमा फेला नपरेको र चालक पनि फरार रहेको डिएसपी शाहीले बताए ।
सेतो रंगको गाडी भने लक रहेको अवस्थामा प्रहरीले गाडी मिस्त्रीको सहायताले लक खोलेर इलाका प्रहरी कार्यालयमा ल्याएको थियो । सिल्भर रंगको गाडी सर्लाहीको बागमतीमा रहेको एक रिर्सोटको नाममा रहेको रिसोर्टका कर्मचारी रोशन लामाले बताए ।
अर्को गाडीको बारेमा थप अनुसन्धान भइरहेको र सो गाडी भारतबाट चोरी गरेर ल्याएर नेपाली नम्बर प्लेट हालेर चलाइरहेको हुनसक्ने प्रहरीले आशंका ब्यक्त गरेको छ ।
रौतहटका विभिन्न स्थानहरुमा भारतबाट चोरीको गाडी ल्याएर नेपाली नम्बर प्लेट राखेर चढ्ने गरेको पाइएकोले प्रहरीले पनि चेकिङ्गमा जोड दिनुपर्ने कार्यमा सो नभएको हुदा यस प्रकारका गतिबिधिहरु बढेको प्रति स्थानीय बासीको गुनासो समेत रहेको छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a