>
Sanchar Club

राष्ट्रिय दलित मुक्ति जागरण अभियान कञ्चनपुर अध्यक्षमाः कविता नेपाली

राष्ट्रिय दलित मुक्ति जागरण अभियान कञ्चनपुर अध्यक्षमाः कविता नेपाली
सञ्‍चार क्लव
६ महिना पहिले

२०७८ पुष ८ काठमाडौं । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले कञ्चनपुर जिल्ला कार्यसमिति गठन भएको छ । कविता नेपालीको अध्यक्षतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले १४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा जीतसिंह पार्की, सचिवमा लोकेन्द्र तिरुवा सहसचिव र कोषाध्यक्ष चयनको टुंगो लागिसकेको छैन् । सदस्यहरुमा पदम सुनार, धनबहादुर विश्वकर्मा,किरण सुनार,सारदा सुनार, सुरज आग्री, प्रदिप चुनार, लालबहादुर बिक, सुरेन्द्र सुनार, राजुराम सार्की चयन भएका हुन् ।
अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले राज्यको शासन सत्ता विरूद्ध दलित एकीकृत ढंगबाट लाग्नु पर्ने बताएका छन् ।
संयोजक सुनारले राज्यका हरेक तह सम्म दलित समुदायको सहभागिता हुनुपर्ने माग राखेका छन् ।
दलितका परम्परागत सीप खोसिएका छन श्रम मा शोषण गरिएको छ, हिजो दलितले आफ्ना परम्परागत सीप गर्दासम्म राज्यबाट कुनै सहयोग पाउन सकेका थिएनन तर आज कथित गैरदलितले व्यवसायीक सिलाईकटाई,फलामको काम जुत्ता सिलाउने लगायत काम गरिरहदा राज्यकोषबाट मनग्य अनुदान पाउने गरेका छन । हालसम्म देशका विभिन्न जिल्लामा भेला गरि कमिटी गठन गर्न सफल भएको र आगामि केही महिना भित्र ७७ वटै जिल्लामा कमिटी गठन गरि संघिय सरकार काठमाडौंमा एकलाख दलित युवा उतार्दै राष्ट्रिय भेला सफल पार्ने लक्ष्य रहेको राष्ट्रिय दलित मुक्ति जागरण पश्चिम संयोजक खगेन्द्र सुनारले जानकारी दिए ।
यति बेला राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल देशका विभिन्न जिल्लामा गठन भइरहेको छ । यस अभियानले दलित समुदायका घटना क्रमहरु लाइ निरन्तर आवाज उठाइरहेको छ । यतिबेला अभियान देशव्यापी रुपमा परिचित छ । अभियानमा दुइ जना केन्द्रीय संयोजक छन् पश्चिम संयोजक खगेन्द्र सुनार हुन भने पुर्वी संयोजक राजेश विद्रोही छन् ।