>
Sanchar Club

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको सिरहा उपाध्यक्षमाः राम

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको सिरहा उपाध्यक्षमाः राम
सञ्‍चार क्लव
६ महिना पहिले

२०७८ पुष ५ सिरहा । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको सिरहा जिल्ला उपाध्यक्षमा लामो समयदेखि समाजसेवामा सक्रिय रहेका नैनीलाल राम चयन भएका छन् ।

दलित समुदायको क्षेत्रमा रामको २० वर्षदेखिको योगदान छ । २०५६ सालमा लहानमा भएको चमार आन्दोलनबाट प्रेरितभई दलित समुदायमाथिको पशुवत विभेदका विरुद्ध केही गर्नैपर्छ भनेर उनी त्यहाँदेखि निरन्तर रुपमा सक्रिय रहँदै आएका छन् । उनले विभिन्न संघसंस्था मार्फत अहिलेसम्म दलित समुदायको उत्थान र विकास कसरी गर्न सकिन्छ भनेर लागि परेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका १, मा आयोजित जिल्लास्तरिय भेलाबाट ५१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । समितिमा महिला अधिकारलाई प्रोत्साहन गर्दै जिल्ला अध्यक्षमा शशिमित्रा ऋषि माझी मुसहरलाई चयन गरिएको छ भने जिल्ला उपाध्यक्षमा नैनीलाल राम, दुलारीदेवी पासवान, शिवु साफी, सचिवमा सुरेन्द्र महरा, कोषाध्यक्षमा महेन्द्र मलिक डोम, यस्तै सदस्यहरुमा रामपरिक्षण साफी, सियाराम पासवान, गुलावदवी राम, सितादेवी मलिक, मुकेश मलिक, गुगलीदेवी राम, पवित्री महरा, रामप्रसाद मण्डल, रामुदगार सदा, दलु बाँतर लगायतका छन् ।

सियाराम पासवानको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी ईन्चार्ज राजेश विद्रोहीले दलित समुदायको समस्या र एकता कसरी हुने बारेमा प्रशिक्षणात्मक मन्तव्य सहित शुभकामना दिएका थिए ।