>
Sanchar Club

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको सिरहा अध्यक्षमाः शशिमित्रा

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको सिरहा अध्यक्षमाः शशिमित्रा
सञ्‍चार क्लव
६ महिना पहिले

२०७८ पुष ४ काठमाडौं । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको सिरहा जिल्ला अध्यक्षमा शशिमित्रा ऋषि माझी मुसहर चयन भएकी छन् । सिरहाको कल्याणपुर नगरपालिका १, अर्नमामा आयोजित जिल्लास्तरीय भेलाबाट ५१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । जिल्ला अध्यक्षमा मुसहरसहित जिल्ला उपाध्यक्षमा नेनीलाल राम, सचिवमा सुरेन्द्र महरा, कोषाध्यक्षमा महेन्द्र मलिक डोम, यस्तै सदस्यहरूमा रामपरिक्षण साफी, सियाराम पासवान, गुलावदवी राम, सितादेवी मलिक, मुकेश मलिक, गुगलीदेवी राम, पवित्री महरा, रामप्रसाद मण्डल, रामुदगार सदा, दलु बाँतर लगायतका छन् ।

स्थानीय तह नछाड्ने गरी हरेक पालिकाबाट दुई जना अनिवार्य पर्ने गरी जिल्ला जागरण कमिटी गठन भएको छ । जिल्ला पदाधिकारी र छुटेका स्थानीय तहलाई पछि समेट्ने गरी समावेशी कोटा खाली राखिएको कार्यक्रममा अतिथिको रूपमा उपस्थित डाक्टर दिलीप सदाले जानकारी दिए । सियाराम पासवानको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी संयोजक राजेश विद्रोहीले दलित समस्याको तत्कालीन समस्या र एकता कसरी हुने बारेमा प्रशिक्षणात्मक मन्तव्य सहित पदाधिकारी सम्पूर्ण टिमलाई शुभकामना दिएका थिए भने अतिथिहरू साहित्यकार नन्दलाल आचार्य र डाक्टर दिलीप सदा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । दलित समुदाय लाइ एकीकृत गर्ने लक्ष्यका साथ राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले देशका विभिन्न प्रदेश, जिल्ला, स्थानीय तहसम्म कार्यसमिति गठन गर्दै आएको छ । अभियान यतिबेला दलित समुदाय बिच लोकप्रिय हुदै गएको छ ।