>
Sanchar Club

राष्ट्रपति भण्डारी एमालेको सामान्य कार्यकर्ता मात्रै हुन् : नेता गुरुङ

राष्ट्रपति भण्डारी एमालेको सामान्य कार्यकर्ता मात्रै हुन् : नेता गुरुङ
सञ्‍चार क्लव
७ महिना पहिले

काठमाडौं  । नेपाली काँग्रेसका युवा नेता पूर्ण बहादुर गुरुङले नेकपाले जनमतको अपमान गरि देशलाई संकटमा पारेको आरोप लगाएका छन् । नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकार ईतिहासकै सबै भन्दा नालायक सरकार हो, आईबार देवघाटमा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, अब नेपाली जनताले नेकपालाई माफ गर्ने छैनन् । बर्तमान सरकारले अपराधलाई प्रोत्सान गरेको र अपराधीको संरक्षण गरेको भन्दै उनीले सधैको लागि कम्यूनिष्टहरुलाई नेपाली भूमिबाट नष्ट गर्नुपर्ने तर्क गरे । देशको बर्तमान संकटमा राष्ट्रपतिको पनि भूमिका उत्तिकै रहेको उनीले बताए । विद्यादेवी भण्डारी नेकपाको सामान्य कार्यकर्ता भन्दा माथि हुन सक्नु भएन, उनीले आरोप लगाए राष्ट्रपति भनेको देशको हुनुपर्छ । नालायक प्रधानमन्त्रीको ईसारामा राष्ट्रपतिले जनताको सार्वभौम संसदको हत्या गर्नु काँग्रेस र नेपाली जनतालाई स्वीकार्य नभएको बताए । नेपाली काँग्रेस जनमतको रक्षाको लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनको भनाई थियो । काँग्रेस चुनावसँग भाग्दैन उनले भने तर जनमतको रक्षाको लागि संसद पुर्नस्थापना गरेर संविधान प्रदत्त कानूनी व्यवस्था अनुसार आफुहरु चुनावमा जाने उनले उल्लेख गरे । सरकारको सरकारी निर्णयको विरुद्धमा लाग्न उनीले सबै युवाहरुलाई आह्वान समेत गरेका छन् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a