>
Sanchar Club

रमेश प्रसाईं बिबाह गर्दै,कोहुन् त रमेश कि दुलही

रमेश प्रसाईं बिबाह गर्दै,कोहुन् त रमेश कि दुलही
सञ्‍चार क्लव
५ महिना पहिले

 मंसिर १६, काठमाडौँ । समसामयिक विषयमा खरो रुपमा बोल्ने रमेश प्रसाई विवाह बन्धनमा बाधिँने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग विवाह गर्ने भएका छन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका छन् ।

प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ । उनले हालसालै गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ लोकप्रिय बनेको छ । उनको ज्ञान, बोल्ने शैली र क्षमताबाट मानिसहरु प्रभावित छन् । उनी दोहोरीमा पनि अब्बल छ्न् । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।

नन्दा सिंह पनि दृष्टिविहीन हुन् । उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन् । बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन् । संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a