>
Sanchar Club

मेलबर्नले होबर्टलाई हरायो, सन्दीपको खेल मध्यम

मेलबर्नले होबर्टलाई हरायो, सन्दीपको खेल मध्यम
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ पुस २० काठमाडौं । अष्ट्रेलियामा जारी १०औँ सिजिनको बिग बास लिग (बिबिएल) मा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्समाथि जित निकालेको छ।

सोमबार भएको खेलमा मेलबर्नले होबार्टमाथि १० रनको जित हात पारेको हो। मेलबर्नले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो।​

होबार्टका लागि विकेटकिपर ब्याट्सम्यानले बेन म्याकडर्मोट शानदार ब्याटिङ गरे पनि टिमलाई जिताउन सकेनन्। उनले ५८ बलमा ८ चौका र पाँच छक्कासहित ९१ रन बनाए। यस्तै, डेविड मलानले २६, कप्तान पिटर ह्यान्सकम्बले २१ र कोलिन इन्ग्रामले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

मेलबर्नका साम रेनबर्डले सर्वाधिक २ विकेट लिए। यस्तै एडम जाम्पा, लियाम ह्याचर र बिली स्टानलेकले समान एक(एक विकेट हात पारे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो। उसका लागि ओपनर मार्कस स्टोइनिसले शानदार ब्याटिङ गरे।

उनले ५५ बलमा ७ चौका र ७ छक्कासहित अविजित ९७ रन बनाए। यस्तै, हिल्टन कार्टराइटले ३६ निकोलस पूरनले २६ र आन्द्रे फ्लेचरले १० रनको योगदान दिए। अन्य ब्याट्सम्याले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा नेथन एलिसले सर्वाधिक ३ विकेट लिए। यस्तै रिले मेरिडिथले २ विकेट लिँदा सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।

४ ओभर बलिङ गरेका नेपाली लेगस्पिनर सन्दीपले ३६ रन खर्चिए। पहिलो र दोस्रो ओभर किफायती बलिङ गरेका सन्दीप तेस्रो र चौथो ओभरमा महँगा सावित भए। पहिलो ओभरमा मात्रै ३ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा २ रन दिएर ग्लेन म्याक्सेललाई ‘एलबीडब्लू’ आउट गरे।

फ्नो तेस्रो ओभरमा सन्दीपले एक छक्कासहित १२ रन खर्चे। चौथो ओभरमा उनले दुई छक्का र एक चौकासहित १९ रन दिन पुगे। जितसँगै मेलबर्नले होबार्टविरुद्ध अघिल्लो खेलमा ब्यहोरेको हारको बदला लिएको छ।

अघिल्लो खेलमा होबार्ट २१ रनले विजयी भएको थियो। जितपछि मेलबर्नले ७ खेलमा १५ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। हारे पनि होबार्ट १८ अंकसहित तेस्रो स्थानमा यथावत छ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a