>
Sanchar Club

मेयर पुनद्वारा गुर्भाकोट आँखा अस्पताल भवनको शिलान्यास

मेयर पुनद्वारा गुर्भाकोट आँखा अस्पताल भवनको शिलान्यास
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ पुस २२ सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले आँखा अस्पताल भवनको बुधवार शिलान्यास गरेका छन् । गुर्भाकोट नगरपालिका वडा नंम्वर ८ को मेहेलकुनामा बन्न लागेको आखाँ अस्पताल भवनको नगर प्रमुख पुनले एक समारोहबीच शिल्यान्यास गरेका हुन् ।
संचार क्लव डटकम सँगको कुराकानीमा मेयर पुनले भने,‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५० लाख रकम र कर्णाली प्रदेश सरकारको ४० लाख रकम अनुदान र गुर्भाकोट नगरपालिकाको ३ लाख रकमबाट गुर्भाकोटमा आँखा अस्पतालको भवन निर्माण हुने भएको छ ।

हामीले गुर्भाकोटका नागरिकका लागि सेवा सुविधा सम्पन्न आखाँ अस्पताल बनाउने लक्ष्य रहेको उनको भनाई छ । शिलान्यास कार्यक्रममा नगरपालिकाका उपप्रमुख मैना बि.क, वडा नंम्वर ८ का वडाध्यक्ष चित्रबहादुर रेग्मी लगायतको सर्वसाधारण उपस्थिती रहेको थियो । अव गुर्भाकोटमा आखाँ अस्पताल बन्ने भएको छ । र स्थानीय हर्षित भएका छन् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a