२०७७ पुस २९ अर्घाखाँची । पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं.१० चम्फे डाँडा निवासी भोव बहादुर विक र सुमित्रा विक कामीकी माहिली छोरी सुनिता विक यति बेला अस्पतालको वेडमा छटपटाई रहेकी छन् ।
लामो समयदेखि मुटुको रोगले ग्रस्त उनको काठमाडौको शहिद गंगालाल हृदय केन्द्र अस्पतालमा उपचार भई रहेको छ । घरको आर्थिक स्थिती दयनिय भएकाले उपचार हुन सकेको थिएन ।
अहिले आफन्त, सहयोगी मनहरुको आर्थिक सहयोगले उपचार भएको हो । २० वर्ष पहिलेदेखि मुटुको रोगी भए पनि परिवारको आर्थिक अवस्था निकै नै दयनिय भएकोले समयमै उपचार गराउन नसकेको उनकी आमा सुमित्रा बिकले बताए ।
मुटुको भल्भको अप्रेसन गर्न पर्ने, जुन निकै खर्चिलो र जोखिमपूर्ण रहेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले मुटुको भल्भको अपरेसन भने नेपाल सरकारले निस्शुल्क गर्ने भएको छ ।
विकको मुटुको शल्यक्रिया सरकारले निस्शुल्क गर्ने भए पनि उनलाई आवश्यक औषधी किन्ने पैसा भने परिवारसँग छैन । आर्थिक अभावकै कारण उनलाई लामो समय अस्पतालमा राखि उपचार, खानपान र हेरचाहको लागि आवश्यक रकम नहुँदा यतिखेर यो परिवार निकै चिन्तामा परेको छ ।
उपचाररत बिकको औषधी उपचारमा सहयोग पुगोस् भनेर सोही नगरपालिका निवासी हाल घरेलु तथा साना उद्योग विकास कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुख रहनुभएका केशव सुनारले उनको परिवारलाई दस हजार रुपैयाँ ९१०,०००र(० आर्थिक सहयोग गर्नु भएको छ । कार्यालयबाट दिईने सेवालाई निकै चुरुस्त दुरुस्त राख्ने प्रमुख सुनार सामाजिक काममा पनि निकै अगाडि देखिनुहुन्छ ।
दिन दुखीको सहयोग गर्नु भनेको पुण्य कमाउने हो, उहाँले भन्नूभयोस् कोही मनकारी व्यक्ति भए सुनिताकी आमा सुमित्रा वि।क।को सम्पर्क नं।९८०६६९६४५७ मा सम्पर्क गरी आर्थिक सहयोग गरी विरामीको उपचारमा सहयोग गरिदिन पनि सबैमा अनुरोध गर्नु भएको छ ।