>
Sanchar Club

ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो,कोपा अमेरिकाको विजेता

ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो,कोपा अमेरिकाको विजेता
सञ्‍चार क्लव
३ हप्ता पहिले

२०७८ असार २७ काठमाडौं । ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको विजेता बनेको छ । आइतबार बिहान भएको फाइनल खेलमा डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको लागि जितका लागि पर्याप्त बन्यो । ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाका डी मारियाले २२ औं मिनेटमा गोल गरेका थिए ।
रोड्रिगो डि पलले लामो दूरीबाट उपलब्ध गराएको बललाई उनले डिबक्स भित्र नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका हुन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि ब्राजिलले गोलको पटक पटक प्रयास गरेपछि सफल हुन सकेन ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो । सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a