>
Sanchar Club

बैजनाथमा ५० प्रतिशत अनुदानमा बिरुवा बितरण

बैजनाथमा ५० प्रतिशत अनुदानमा बिरुवा बितरण
सञ्‍चार क्लव
१ महिना पहिले

२०७८ असार ९ बाँके । बैजनाथ गाउँपालिका कृषि शाखाको सहकार्य र राष्ट्रिय कृषक समुह महासंघ नेपालको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकाका कृषकहरुलाई ५०% अनुदानमा मंगलबार देखि आँप र लिचिका बिरुवा बितरण शुरु गरिएको छ। बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख आतिथ्यता एवं कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा, राष्ट्रिय कृषक समुह महासंघ नेपालका उषा खत्री लगाएतको उपस्थितिमा कृषकलाई बिरुवा हस्तान्तरण गरिएको हो।

सो कार्यक्रममा बोल्दै अध्यक्ष रुचालले राष्ट्रिय कृषक समुह महासंघ नेपाललाई धन्यवाद दिनुका साथै यस्तो सुनौलो अवसरले स्थानीय कृषकहरुलाई लाभ मिल्ने बताए । आगामी दिनमा पनि यसरी नै कृषक लक्षित कार्यक्रमलाई निरंतरता दिन महासंगलाई अनुरोध समेत गरेका छन् ।
बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले कृषकलाई उन्नत जातको आँपको बिरुवा ५ वटा र लिचिको बिरुवा ५ वटा गरि माग अनुसात ५ देखि १५ वटा बिरुवा प्रतिबिरुवा रु ६० तिरेर लिन पाउने ब्यवस्था गरिएको छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a