>
Sanchar Club

बैजनाथमा विद्यालय स्तरीय हरितालिका तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

बैजनाथमा विद्यालय स्तरीय हरितालिका तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न
सचिन मेघनाथ
१ वर्ष पहिले

२०७९ भदौ १० बाँके । बैजनाथ गाउँपालिका वडा नम्वर ३ मा विद्यालय स्तरीय हरितालिका तीज विशेष नृत्य प्रतियोगिता भव्य र सभ्यताका साथ सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय नौवस्ताको आयोजनामा नृत्य प्रतियोगिता सम्पन्न भएको हो । प्रमुख अतिथि बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

उपाध्यक्ष रोकायले भनिन् महिला हरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई महिलाहरु एकआपसमा घुल्मिल भई एकजुट भएर अगाडी बढ्दै हाम्रो कला संस्कृति र परम्परा र भेषभुसाको संरक्षण गर्दै लैजानु पर्नेकुरामा जोड दिइन्। विशेष अतिथि वडाअध्यक्ष निखिल बैगारले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा विद्यालयका विद्यार्थीहरु शिकक अभिभावक आम वडाबासीलाई तीज विशेषको शुभकामना दिएका छन् ।

निर्णायक मण्डलमा विकास बि.क, आकाश मल्ल ठकुरी, कालिका रजौरेले मुल्याङकन गरेका थिए । नृत्य प्रयोगितामा चौधरी ग्रुवले जित हासिल गरेको छ । कार्यक्रममा अतिथिमा कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक भुमिसरा राना, ईलाक प्रहरी कार्यालयका प्रमुख धनबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजलाल थारु विद्यालयका प्रधानध्यापक चन्द्रकान्त न्यौपाने, वडा सदस्यहरु पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु सहित आम सर्वसाधरण सहभागिता रहेको आयोजकले जनाएको छ ।