>
Sanchar Club

बैजनाथमा ‘खर रहित छानो’ अभियानबारे मन्त्री चौधरीलाई ज्ञापन पत्र

बैजनाथमा ‘खर रहित छानो’ अभियानबारे मन्त्री चौधरीलाई ज्ञापन पत्र
सञ्‍चार क्लव
१ वर्ष पहिले

२०७९ साउन १६ काठमाडौं । बैजनाथ गाउँपालिकाका जनप्रतिनिधी सहितको टोलीले खर रहित छानो अभियानबारे शहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । आइतबार बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय वडाअध्यक्ष निखिल बैगार सहितको टोलीले मन्त्री चौधरीलाई विभिन्न मागबारे ध्यानाकर्षण गराएको हो ।

बैजनाथमा रहेका गन्धर्व समुदायको संग्रहालय र बस्ती ब्यवस्थापन तथा गाउँपालिकामा रहेका अति विपन्न गरिव, दलित, सिमान्तकृत, मुस्लिम लगायत समुदायको लागि ‘खर रहित छानो’ अभियान र जनता आवास कार्यक्रमका लागि मन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाइएको अध्यक्ष शाहीले जानकारी दिए । ज्ञापन पत्र बुझिसकेपछि मन्त्री चौधरीले आफुले माग पुरा गर्न सक्दो प्रयास गर्ने बताएका थिए ।

ज्ञापन पत्र बुझाउने क्रममा नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य बादशाह कुर्मी, बैजनाथ गाउँपालिका वडा नंम्वर ३ का वडाअध्यक्ष निखिल बैगार नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य कमला हमाल, तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का, नेपाली कांग्रेसका अन्य नेता लगायतको सहभागिता रहेको थियो । विभिन्न माग लिएर डेलिगेशनका लागि पुगेको टोलीले विभिन्न ब्यक्ति तथा निकायमा भेटघाट गरिरहेको छ ।