>
Sanchar Club

बारी बेचेर पढे, ईन्स्पेक्टर छोडेर निजामतिमा आए : प्रमुख प्रशासकीय अधिकृत नेपाली।

बारी बेचेर पढे, ईन्स्पेक्टर छोडेर निजामतिमा आए : प्रमुख प्रशासकीय अधिकृत नेपाली।
सञ्‍चार क्लव
७ महिना पहिले

२०७७ असोज २६ सुर्खेत । वि.सं २०६८ सालबाट सरकारी सेवामा प्रवेश गरेका छविलाल नेपाली एक ईमान्दार कर्मचारीको रुपमा परिचित छन् । लामो समय देखि नेपालका विभिन्न जिल्लामा सायक सिडियो स्थानिय प्रशासनमा काम गरेको वर्षौ बर्षको सेवाको अनुभव छ । हाल प्रदेश नं ५ बाँके जिल्लाको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपाली सँग संचार क्लव डटकमका संवददाता तिलकराज वि.क र सुनिल सुनारले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

वि.सं २०४३ साल बैशाख ७ गतेका दिन बुवा तिलबीर नेपाली र आमा मन्दुजा नेपालीको कोखबाट नेपालीको जन्म भएको हो । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं ११ चनौटेमा उनी बुवाआमाको कान्छो सन्तानको रुपमा जन्मीए । सामान्य गरिब, दलित परिवारमा जन्मीएका उनको बुवा हाते मेसिनबाट कपडा सिलाउने काम गर्थे । त्यसको साथै खेतबारीको काम पनि गर्थे । आमा पनि बुवासँगै खेतबारीमा कामकाज गरि परिवारको पालनपोषण व्यस्त थिईन् । उनको बुवाआमाको १० सन्तान मध्य एक जनाको स्वर्गबास भयो । उनीसँगै ४ दाजुभाई र ५ दिदि घरमा थिए । उनी कान्छो सन्तान भएकाले खेतबारीको काममा खासै लाग्नु परेन । उनका बुवा आफुले पाएको दुःख छोराछोरीले पाउनु हुन्न भन्ने पक्षमा थिए । खेतिकिसानी गरेर भएपनि शिक्षादिक्षा दिनुपर्छ सन्तानलाई भन्ने सोच थियो उनको बुवामा । बुवा सामान्य अक्षर चिन्नुहुन्थ्यो । तर आमामा औपचारिक शिक्षा थिएन, तर हाम्रो भविष्यबारे चिन्तन गर्नुहुन्थ्यो । बुवाआमा, नेपाली स्मरण गर्छन् । उनका दाई पनि स्कुल पढ्थे । उनी सानैबाट दाईका किताब कापीमा बढि ध्यान दिन्थे । नेपाली भन्छन, मलाई अहिले पनि किताब देख्यो भने आनन्द लाग्छ, नयाँ किताब पाए भने रातदिन नभनि पढ्छु । दाईसँगै उनी पनि स्कुल जान थाले । हस्तबीर विद्यालयमा ४ बर्षको उमेरमा कक्षा एकमा नेपाली भर्ना भए । दाईको साथ र सहयोगले उनलाई थप सहज भयो । उनी एक कक्षा भर्ना हुदा उनका दाईले २०४७ सालमै फस्ट डिभिजनमा एसएलसी पास गरेका थिए । सानै उमेरमा पनि भाईको पढाई प्रतिकोलगाब देखेर उनका दाई भविष्यमा तैँले केहि गर्छस भनेर उनलाई हौसाउथे । उनका दाई संघसंस्था तथा सामाजिक जागरणको क्षेत्रमा बढि नै क्रियाशिल थिए । घरमा उनी दाईको क्रियाकलापको नक्कल गर्थे । दाईको प्रेरणाले म आज यो ठाँउमा आएको हुँ, दाई मेरो मार्गनिर्देशक हुनुहुन्छ, उनी भन्छन । ५ कक्षासम्म हस्तबीर स्कुल पढेका उनी मेहनति र मिलनसार स्वभावका थिए । ५ पास भए पछि उनको स्कुल फेरीयो । उनी ६ कक्षामा सोहि ठाउँको अमरज्योती उच्च माध्यामिक विद्यालय नेवारे सुर्खेतमा भर्ना भए । स्कुलमा उनी नियमित पढाईका साथै अतिरित्त क्रियाकलापमा पनि सहभागी हुन्थे । उनको चित्र कोर्ने कला अचम्मकै थियो । आफ्नो अगाडि भएका बस्तुको दुरुस्तै कापीमा चित्र बनाउथे । उनको यो कलासँग साथीभाई तथा गुरुहरु पनि प्रभावित थिए । पढाईमा पनि उनी अब्बल नै मानिन्थे । कक्षामा पहिलो, दोस्रो भई रहन्थे । २०५९ सालमा उनले एसएलसीको परिक्षा दिए । दोस्रो श्रेणिमा पास भए । उनको मनमा विशिष्ठ वा पहिलो श्रेणिमा पास हुन्छु भन्ने थियो । तर दोस्रोमा भए उनी । स्कुलको आन्तरिक मुल्याकंनले उनलाई पछाडि पारियो । नेपालीले कक्षा ११ र १२ पनि अमर ज्योतिमै पढे । साथिहरु सँग राम्रै थिए । कक्षामा हुने आन्तरिक परिक्षामा पहिलो हुन्थे । ईमान्दार थिए । उनी भन्छन् भविष्यलाई असर गर्ने गरि गलत काम गरिन । राम्रै विद्यागर्थी थिए । उनी चित्र पनि राम्रै कोर्थे । मान्छेको तस्बीर दुरुस्तै बनाउथे । आजसम्म पनि पहिले बनाएका चित्र घरमा सजाएर राखेको नेपाली बताउछन् ।
उनले उच्च शिक्षा बहुमुखि क्याम्पसमा पढे । त्यस पछि उनले, ‘‘चेतना विद्या निकेतन बोडिङ स्कुलमा पढाउन थाले’’ । करिव अढाई बर्ष सम्म पढाए । पढाउदै गर्दा, उनको परिवारमा दुःखद घटना घट्यो । वि.सं २०६३ सालमा उनका बुवाको निधन भयो । बुवाको साथ छुटे पछि, त्यतिबेला देखि उनलाई आफ्नो खर्चको लागि आर्थिक अभाव हुन थाल्यो । आर्थिक व्यवस्थापनको लागि पढाई खर्च चाहिन्थ्यो । उनको पढाउने स्कुलमा पहिलो तलव तीन हजार सात सय रुपैयाँ थियो । पढाउन लागेको एक वर्ष भएपछि, स्कुलले तलव बढायो । त्यसपछि, नेपाली ५ हजार रुपैयाँ कमाउने भए । त्यो पैसा उनलाई प्रसस्त पुग्थ्यो । उनी भन्छन् म कतै अन्य कुलतमा फसेको थिएन् । त्यसैले त्यो पैसा मलाई पुग्थ्यो । कापी, कलम तथा लत्ता कपडा, खान बस्न सहज भयो । त्यतिबेला क्याम्पस फी त्यति धेरै थिएन् । वर्षको तीह हजार सात सय मात्र थियो । दाईहरुले बेलैमा विबाह गर्नुभयो । जेठा दाई छुट्टै बस्नु भयो । अरु दाइहरु विहे गरेर, पैसा कमाउनका लागि बाहिर देश तिर जानु भयो । उनी भन्छन् म आमासँग बस्थे । वि.सं २०६४ सालमा फागुनमा महिनामा उनी काठमाण्डौं पुगे । त्रिभूवन विश्वविद्यालयमा भर्ना भए । मेजर अंगे्रजिमा मास्टर पढ्न सुरु गरे । उनलाई पैसाको आवश्यक पर्न थाल्यो । अव कसरी पढ्ने भन्ने मनमा चिन्ता पैदा भयो । उनले जमिन बेचेर भए पनि पढ्ने सोच बनाए । घरमा भएको जग्गा साढे तिन लाखमा बिक्रि गरेर पढे । जमिन बेचे पछि, उनलाई पढनका लागि पैसाको खासै समस्या आएन् । क्याम्पसमा पढ्दै गरेको दुःख संघर्ष उनी अहिले सम्झन्छन् ।
त्यस पछि, ‘जव उनले मास्टर पढ्दा पहिलो परिक्षा दिए’ । दोस्रो बर्ष सुरुहुन भन्दा पहिला खाली समय थियो । यो बीचमा प्रहरीको ईन्स्पेक्टर खुल्यो । उनकोे मनमा लाग्यो, कि अव म ईन्स्पेक्टर हुनै पर्छ । त्यस पछि नेपालीले रातदिन नभनी खुबै मेहनतका पढे, साथै दौडधुप गरे । नेपालको संविधान सुरुको देखि सबै धार कण्ठ गरे । सामान्य ज्ञानको परिक्षामा उनको कम नम्बर आयो । लिखितमा नाम आएन । मन देखि प्रहरी हुनुपर्छ भन्ने थियो । राष्ट्रिय अनुसन्धान विभाग (सिआईडीमा) फारम भरे । परिक्षा दिए पछि तीन चार महिना नतिजा आउन लाग्थ्यो ।
त्यो खाली बसेको बेला महिना अधिकृतको लागि तयारी गरेर पढे । नेपाली अहिले सम्झीदा अचम्म लाग्छ भन्छन् । फेरि उनको मनमा अव म अधिकृत बन्नै पर्छ । फारम भरेको थिए । लोकसेवाको परिक्षा दिए । एक हप्तामा राष्ट्रिय अनुसन्धान आयोगमा नाम निस्कीयो । नेपालीसँगै अन्तरवार्ता दिएपछि ६१ जनाको टिम पोखरा गयो । पोखराको मालेपाटन भन्ने ठाउँमा शसस्त्र प्रहरी तालिम केन्द्रमा तालिम गरे । ४ देखि ५ महिनासम्म तालिम भयो । उनी भन्छन् विभिन्न विधामा काम गरियो । हतियार तालिम पनि गरियो । एक महिना बाँकि थियो । तालिम सकिन । नेपालीको लोकसेवामा पनि नाम निस्कीयो । साथिले नाम निस्कीयो भनेर मोवाइलमा म्यासेज गर्यो । आफ्नो मेहनत र भोलीको भविष्य देखेर उनी खुशि भए । केन्द्र देखी स्थानियतह सम्ममा काम गर्न पाईने भने पछि, उनको मनमा झन मनोबल बढेर आयो । त्यहाँ एक जना तालिमा शसस्त्र प्रहरीको डिएसपी महेश अधिकारीले सहयोग गरेको अझै सम्झन्छन् । उनको दोस्रो चरणको परिक्षा पनि थियो । विहान ४ बजे देखि १० बजे सम्म तालिम गर्नुपर्ने हून्थ्यो । कति थकान निन्द्रा कठिन अवस्था थियो । तालिमा शुक्रबार मात्र अलिकति छुटी दिईन्थ्यो । शनिबार ४ बजे त्यो ब्यारेक भित्र जानुपर्ने नियम थियो । कहिले काही काठमाण्डौ घुम्न पनि जान्थ्यौं । उनी बाटोमा बसमा बस्दा पनि पढ्थे । अरु साथीहरु भने कोहि नाच्थे, कोही गीत सुन्थे । उनको भने अध्ययनको मौका त्यहि बस भयो । तालिमबाट छुटन वित्तिकै किताव पढथे । उनको लोकसेवाको अन्तारर्वाताको लागि पोखराबाट काठमाण्डौ जानु पर्ने थियो । नेपालीको पोखरा बाट काठमाण्डौ विहान ११ बजे जहाजको टिकट थियो । अलि छिटो पुग्न पाए, म अलि पढौला भन्नेमा थिए । विहान ५ बजे रेडि भए । ढाका टोपी टाई लागाएर हाकिमको कोठा अगाडि उभिए । विहान ५ बजे देखी १० बजे सम्म उभिए रै बसे । एक जना ईन्स्पेक्टरले जानै दिएन उनलाई । उनी जान्छु भने पनि, रोकिन भन्यो । त्यस पछि, नेपालीले, भने ‘आफै म जान्छु । डिएसपीलाई भेटन् दौडिदै गए । डिएसपीले रोक भन्यो । म रोकिए, डिएसपीले भन्यो हामीले तिम्रो लागि यत्रो लगानि गरेका छौं । कहाँ जान पाईन्छ अव । ट्याक्सी लिएर, अनि दौडिदै गए । उनको दुइ बजे अन्तरर्वाता थियो । अन्तीममा उनीहरुको टोली भैरहवा जादै थियो । सिमा अध्ययनको लागि । रिजल्ट आयो, । बधाई छ, भन्ने खबर आयो । मन खुसी भयो । असोज ३ गतेमा पास आउट भए । त्यस पछाडि मेरो राजीनामा स्वीकृत हुन्छ कि हुदैन भनेर टेन्सन भयो । कहिले हुदैनकी भन्नेमा समस्या भयो । उनी हाकिमलाई भेट्न गए । उनले भने, सर मेरो नाम निस्कीयो म जान्छु, भने पछि, एआईजीले तपाईको ईच्छाका कुरा हो । उनको कुरा हाकिमले सहजै माने । ठिक छ ,जानुस भने । उता राजीनामा दिए । ७ दिन लाग्यो जागिर छोड्नलाई । वि.सं २०६८ साल भदौ २८ गते सरकारी सेवा निजामतिमा प्रवेश गरे । लगतै ३ महिना तालिम स्टाफ कलेजमा लिए । विभिन्न प्रकारका प्रशासनिक देखि शुसानमा कसरी काम गर्ने भनेर तालिम गरे, उनी भन्छन । नेपालीको पहिलो पोस्टीङ २०६८ साल फागुनमा अछाम जिल्लामा सहयाक प्रमुख जिल्ला अधिकारीको रुपमा भयो । उनलाई सुदुरपश्चिमको बारेमा खासै थाहा थिएन । त्यस्तै पनि राम्रो काम गरे । त्यतिबेला उनी २५ बर्षका थिए । सहायक सिडियो हुदा । त्यहाँ अछाममा एक बर्ष बर्ष बसेर काम गरे । त्यसपछि, नेपालीको सरुवा प्युठान सहायक सिडियोमानै भयो । करिव उनी १७ महिना बसेर प्युठान बाट पनि सरुवा भयो । नेपालीको सरुवा ईलाका प्रशासन कार्यलय रुकुकमकोटमा भयो । २० दिन जति बसे दुर्गम भएकाले उनी त्यति बस्न सकेनन् । वि.सं २०७१ साल असारमा श्रम मन्त्रालय अन्तर्गत सरुवा भयो । नेपालीको मनमा हुटहुटी लाग्न थाल्यो । २ बर्षमा यति धेरै घटना । उनी व्यस्त भए । मास्टर दोस्रो बर्ष परिक्षा छुटेको थियो । जसरी हुन्छ पढ्नु पर्छ भन्ने उत्साह जाग्यो । र मेहनत गरेर पढे, अव उपसचिव नाम निकाल्नु पर्छ, भन्ने लाग्यो । अध्ययन गर्न आएको हो, अध्ययन गर्छु । यो बीचमा उनलाई बैदेशिक रोजगार मन्त्रालयमा पोस्टीङ गरियो । सिस्टम भन्दा बाहिर गएर काम गर्न भएन भन्ने, सोचका साथ काम गरे । त्यहाँ सिस्टम थिएन् । अप्ठ्यो लाग्यो, टिक्नै मुस्कील भयो भन्छन् नेपाली । त्यही मन्त्रालयमा अढाई बर्ष बिताए । त्यो सँगसंगै मास्टर पढेर सके । दुइ फरक बिषयमा डिग्रीको तयारी गरेका थिए, र गरे पनि । त्यहाँ भित्र थुप्रै समस्याहरु थिए । अध्ययन र करियरलाई ध्यान दिएर काम गरेका थिए, भन्छन् नेपाली । उपसचिव अध्ययनको पुर्ण बेश निर्माण गरे । बैदेशिक मन्त्रालयबाट फेरी श्रम मन्त्रालय फर्किए । त्यो भित्रको योजना शाखामा काम गरे । उपसचिवको लागि परिक्षा दिएका थिए । नेपालीले नाम निकाले । श्रम मन्त्रालय अन्र्तगतको एउटा बैदेशिक यात्रामा गए । उनी भन्छन् म युरोपका ७ । ८ देश घुमेको छु । एक महिना घुमे । घुम्न केही नयाँ चिज देख्न् जिन्दगीको उपलव्धी हो । त्यस ठाँउलाई नजिकबाट अध्ययन गरे । हरेक कुरा बुझने मौका पाए । भन्छन् नेपाली । त्यस पछि नेपालीको स्थानिय तहको यात्रा सुरु भयो । पहिलो पटक स्थानिय तहको प्रमुख प्रशासकीय अधिकृत भएर उनी कन्चनपुरको बेलौरी नगरपालिका गए । अनिवार्य हाजिर हुुनुपर्ने नियम बनेको थियो । कम्तीमा तीन कुरामा ध्यान दिन्छु भन्छन् नेपाली । जहाँ जान्छु सिस्टम, योजना तथा खरिदलाई ध्यान दिन्छु । जे नीति नियम छ त्यसरी नै गर्छु । राजनीति र प्रशासन वीचमा अन्र्तरसम्बन्ध मिलाएर जानु पर्छ । राजनीतिमा र कर्मचारीको आ–आफ्नै बाटा र पाटाहरु छन । कानून बनाउने र कार्यान्वयन गर्ने आफ्नै शैली छ । कर्मचारी नेता जस्तो, भएको पाईन्छन् । नेता र कर्मचारी फरक फरक ढङगबाट लागेको देखिन्छ । विषम परिस्थीतिमा आ–आफनै काम र जिम्मेवारी ईमान्दारिताका साथ सम्हाल्नु पर्छ भन्छन् नेपाली । १६ महिना बसेर काम गरेका थिए उनीले त्यहा । त्यसपछि उनको सरुवा दैलेख जिल्लको नारायण नगरपालिकामा भयो । छोटो समय बसे पनि,औलामा गन्न लाएक काम गरे । दैलेखमा हुदा कार्यालय व्यवस्थापनमा देखि एैन कानून निर्माणका काम गरे प्रमुख प्रशासकीय अधिकृत नेपालीले । उनी भन्छन् कार्यालयको वातावरण भद्रगोल बनाईयो । बेथिती थियो । सचेत बनाए । जनप्रतिनिधीलाई ठिक बाटोमा लागौ भन्यौं । सम्झीन लाएक काम भयो । कोभिडको महामारीको बेला थियो । भारतबााट फर्किएका मानिसहरुलाई व्यवस्थापन गर्न हम्य हम्य थियो । विभिन्न विद्यालयहरुमा २५ ओटा क्वारिन्टाईन र एउटा आईसोलेसन कक्ष बनाईयो । र नागरिकको सेवामा रातदिन नभनि खटियो । करिव ९ महिना मात्र बसे दैलेखमा । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत नेपालीको सरुवा कोहलपुर नगरपालिका बाँकेमा भयो । हाल उनी यहि कार्यरत छन् ।
विहे कसरी भयो त ?
प्युठानमा सायक सिडियो भएको बेला नेपालीलाई विहेको प्रस्ताव आयो । उनका दाई दाङमा सेभद चिल्ड्रेनमा काम गर्नुहुन्थ्यो । आफन्त कहाँमा केटि हेर्नुभएको रहेछ । दाङमा दाईले मलाई केटीको घर लिएर जानुभयो । मन पर्यो । डेढ वर्ष पछाडि विहे भयो । त्यस पछि फोन सम्पर्क भयो विहे बाजा बजाएर गरियो । अहिले उनको एउटा छोरा छ ।
उनी भन्छन् संघीयतामा स्थानिय तहको हामी पहिलो अभ्यास गर्दैछौं । परिकल्पना थियो । स्थानिय तहको संम्पादनले संघीयतालाई मुर्त रुप दिने हो । राम्रो बाटोमा हिडेको अवस्थामा मात्रै संघियता सफल हुन्छ । विभिन्न तहका सरकार छ । तीन तहका सरकारका लागि आवश्यक छ । मुख्य आधार स्थानीय तहको हो । उनी भन्छन् राष्ट्र सेवकले कर्मचारीले थाम्ने मात्रै हो । नेतृत्व दिने भनेकै राजनीतिले हो । हिजोका भन्दा धेरै अगाडि छ । स्थानीय सरकारहरु हिजोको कामगर्ने तरिका विधि बजेट तथा योजना फरक छ । स्रोत परिचालनका मुख्य आधार हो । राम्रोसँग परिचान गर्नुपर्छ । हिजोका खाल्डाखुल्डी आज पुरिएका छन । लक्षित कार्यक्रममा पनि दलित महिलाका लागि पनि काम भएको पाउछांै । पहुन प्रतिनिधित्व पनी छन । कठिना तथा जटिलता पनी छन । राज्यको नीती तथा निर्देशक सिद्धान्त सवै कर्मचारीले बुझन् आवश्यक छ । प्रायःपछिल्लो समयमा स्थानिय तह राम्रो गतिमा छन । स्थानीय तह समृद्ध हुनुभनको देश समृद्ध हुनु हो । धेरै स्रोत साधान हुदै गर्दा पनि स्थानीय तहमा पनि समस्या छन । मुख्य समास्या भने, आफ्नो क्षेत्राधिकार के हो भनेर, बुभ्mन जरुरी छ, र भूमिकाको विषयमा अन्यौल छ । ,भन्छन् प्रमुख प्रशासकीय अधिकृत नेपाली । जनप्रतिनिधि मुलक संस्था भए पनि ।
उनी भनछन् यदी म सरकारी सेवामा नभएको भए, शिक्षण क्षेत्रबाट पिएचडि गर्ने सोचमा थिए । विद्यावारिधी गर्ने सोच छ । त्यो सोच अहिले पनि ताजै छ । मैले ठुलो सपना देखेको थिए । भोलीको दिनमा म नेपाल सरकारको अफिसर बन्छु । कि पिएचडि गरेर शिक्षण तर्फको विज्ञ बन्छु भने सपना देख्थे । अझै पनि देखेको छु, भन्छन् प्रमुख प्रशासकीय अधिकृत नेपाली ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a