>
Sanchar Club

बादी समुदायलाई जग्गा दिन सकिन, मुख्यमन्त्री शाही

बादी समुदायलाई जग्गा दिन सकिन, मुख्यमन्त्री शाही
सञ्‍चार क्लव
४ महिना पहिले

२०७७ फागुन १४ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन नसकिने प्रतिक्रिया दिएका छन् । जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

‘प्रदेश सरकारले चाहेर पनि जग्गा दिन सक्दैन, जग्गा दिनसक्ने कानुनी अधिकार हामीसँग छैन’ उनले भने । तर, वादी समुदायलाई आयआर्जन गर्ने, घर बनाउने लगायतका अन्य कुनै पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको शाहीको भनाई छ ।
जग्गा दिन सक्ने अधिकार स्थानीय तह र संघ सरकारसँग मात्रै भएको बताउँदा वादी समुदाय नाराबाजीमा उत्रिएका थिए । सरकारले जग्गा नदिएसम्म धर्ना जारी राख्ने उनीहरुको भनाइ छ ।

मुख्यमन्त्री शाहीले आफूहरुलाई चित्तबुझदो जवाफ नदिएको वादी समुदायका अगुवा हिक्मत वादीले बताए । अब थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए । दैलेख, जाजरकोट, कालिकोट र सुर्खेतका वादी समुदाय स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै पाँच दिनदेखि धर्नामा बसेका छन् ।
झण्डै ४ सय वादी समुदायका व्यक्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसिरहेका छन् ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a