>
Sanchar Club

प्रधानमन्त्री लाई साथ दिन कांग्रेसको नैतिकताले मान्दैन : पौडेल

प्रधानमन्त्री लाई साथ दिन कांग्रेसको नैतिकताले मान्दैन : पौडेल
सञ्‍चार क्लव
१ महिना पहिले

२०७७ फागुन २० चितवन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।

उनले प्रचण्ड(माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताए । बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले ओलीबाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने धारणा राखे ।

प्रचण्ड(माधव समूहलाई साथ दिन कांग्रेस तयार भएको हो भन्ने प्रश्नमा पौडेलले भने, ‘त्यसबारे पोजेटिभ हुन सकिन्छ । त्यसबारे छलफल हुन्छ ।’ओलीले संविधान र व्यवस्थालाई जोखिममा पारेको बताउँदै पौडेलले भने, ‘यत्रो जोखिममा पार्ने व्यक्तिलाई अहिले सपोर्ट गर्न कांग्रेसको नैतिकताले दिँदैन ।’

प्रचण्ड(माधव समूहले ओलीविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावको सन्दर्भ सकिएको बताउँदै पौडेलले अब नयाँ प्रस्ताव तयार हुने बताए ।कांग्रेससहितको सरकार बन्दा छिमेकी मुलुकलाई कम्फर्टेबल हुने भन्ने प्रचण्डको भनाइबारे प्रतिक्रिया दिँदै पौडेलले अरुलाई नभइ नेपालको सिस्टमलाई ‘कम्फर्टेबल’ हुनुपर्ने बताए ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a