>
Sanchar Club

प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री

प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री
सञ्‍चार क्लव
२ हप्ता पहिले

२०७९ असार २ काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन । विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक भएको उनले बताए । उनले भने, ‘भ्रमणको कार्यतालिका बनेपछि सदनलाई जानकारी हुनेछ।