>
Sanchar Club

पौडेल माथि भएको धरपकडको गतिलो जवाफ दिन्छौ : नेता गुरुङ ।

पौडेल माथि भएको धरपकडको गतिलो जवाफ दिन्छौ : नेता गुरुङ ।
सञ्‍चार क्लव
८ महिना पहिले

काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृह जिल्ला तनहुँमा एक पुल उद्घाटनका लागि गएका पौडेललाई नेकपा कार्यकर्ताले विरोध गर्दै नाराजुलुुस गरेका थिए । प्रतिकारमा नेपाली काँग्रेसका कार्यकताले पनि नाराजुलुस गर्नथाले पनि प्रशासनले स्थीति नियन्त्रणमा लिन पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ । नेता पौडेलले फेसबुक मार्फत आफुलाई प्रहरीले नियन्त्रणमा लिएको र स्थानीय माथि धरपकड गरेको जनाएका छन । उनले अगाडी लेखेका छन्, काँग्रेस कार्यकता माथिको दमन तत्काल बन्द होस् । पौडेलको गिरफतारीलाई लिएर काँग्रेस कार्यकर्ता तथा नेताहरुले विरोध जनाएका छन । काँग्रेस युवा नेता तथा तरुण विभागका केन्द्रीय सदस्य पूर्ण बहादुर गुरुङले बरिष्ठ नेता पौडेल माथि भएको धरपकडको विरोध जनाएका छन् । तनहुँबाटै प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उमेदवार रहेका नेता गुरुङले सरकार वर्तमान व्यवस्थाको विरुद्धमा र निषेधको राजनीतिमा अगाडि बढेको प्रतिक्रिया दिएका छन् । सरकारको नालायकिपन स्पष्ट भयो, नेता गुरुङले फेसबुक मार्फत भनेका छन्, आफ्ना नेता माथिको धरपकडको गतिलो जवाफ दिन्छौ । नेपाली काँग्रेस र यसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारको यी यस्ता क्रियाकलापको विरुद्धमा गर्ने जवाफी कारवाहिको जिम्मा लिन सरकार तयार हुनुपर्छ, उनले भनेका छन् । वर्तमान सरकार राजा, राणा भन्दा पनि निरंकुश देखिएकाले बेलैमा सरकारको व्यवहारमा सुधार नभए आगामी निर्वाचनमा राजाकै हालतमा पुर्याउने चेतावनी नेता गुरुङले दिएका छन् । वर्तमान सरकार दलाल र अपराधीहरुको झुण्ड भएको उनको बुझाई छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a