>
Sanchar Club

नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशको प्रथम बैठक समारोह सम्पन्न

नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशको प्रथम बैठक समारोह सम्पन्न
सञ्‍चार क्लव
२ महिना पहिले

तिलकराज विश्वकर्मा

२०७८ साउन १६ सुर्खेत । नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशको प्रथम बैठक समारोह सम्पन्न भएको छ । “बनाउ आफ्नो पहिचान छुवाछुत मुक्त, समाज निमार्ण हाम्रो अभियान” भन्ने मुल नारा समावेश गरिएको छ । सो कार्यक्रम शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको हो ।
राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागिता मूलक प्रतिनिधित्व हुनुपर्ने, नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै अभियान संचालन गरिएको दलित मुक्ति अभियान कर्णाली प्रदेशका अध्यक्ष जनम बहादुर विकले बताएका छन् ।
जातीय विभेद, छुवाछुत र दलित माथिको उत्पीडित विरुद्ध सचेतना जगाउन समुदायलाई जागरण र राज्यलाई दबाब दिन विभिन्न किसिमका दबाव मुलक कार्यक्रम गर्ने गरेको प्रथम बैठक समारोहको आयोजना गरिएको बिकले जानकारी दिए ।
दलित समुदायमा हरेक किसिमका विभेद भइरहेका छन् । त्यसको अन्त्यका लागि कर्णाली प्रदेशका दलित मात्र नभइ ७ वटा प्रदेशका दलितहरु एकीकृत भएर जानु पर्ने उनीहरुको भनाई छ ।
दलित मुक्ति अभियान लगभग ७ वटा प्रदेशहरुमा संचालनमा आएर काम भइरहेको छ ।
अवको तयारी हरेक जिल्ला हुदै वडामा लगतै अभियान संचालन र संगठन विस्तार गर्ने नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेश कमिटीले जनाएको छ ।
विकले भने, हिजो सम्म अरुका लागि लड्यौं अव आफ्नो समुदायको लागि लड्न सम्पुर्ण उपस्थीत मानिसहरुलाई आग्रह गरे ।
संविधानमा जस्तो सुकै लेखिए पनि सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदाय स्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
बैठक समाहारोमा नेपाल दलित मुक्ति अभियानका केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्यहरु जिल्लाका लगायत दलित अगुवाहरुको सहभागिता रहेको थियो ।
यस्तै, संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदाय स्तरमा अभियान राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गरेर सशक्त रुपमा लाग्नु पर्ने विकले बताए ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a