>
Sanchar Club

नेपालगंजमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको विशाल जनप्रदर्शन !

नेपालगंजमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको विशाल जनप्रदर्शन !
सञ्‍चार क्लव
४ महिना पहिले

२०७७ चैत्र ३० बाँके । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले बाँकेको नेपालगंजमा विशाल जनप्रदर्शन गरेको छ। दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले नेपालगजंमा लुम्बिनी प्रदेशस्तरीय भेला र प्रदर्शन गरेको हो।
राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने,नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले बताएका छन् । जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन समुदायलाई जागरण र राज्यलाई दबाब दिन प्रदर्शनको आयोजना गरिएको सुनारले जानकारी दिए ।
यसअघि अभियानले पुर्वको सप्तरी र पश्चिमको दैलेख जिल्लामा प्रदर्शन गरिसकेको छ। नेपालगंजमा सोमबार आयोजित प्रदर्शनमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेश बाट समेत ठूलो संख्यामा सहभागिता रहेको थियो।

संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए।
जनसभा प्रदर्शनमा पूर्वमन्त्री दलबहादुर सुनार, पूर्व सांसद आशा बिक, बागमती प्रदेशसभा सदस्य कल्पना नेपाली, अभियानका पूर्वी नेपाल संयोजक राजेश विद्रोही लगायत दलित अगुवाहरुको सहभागिता थियो।
विद्रोही भने, हिजो सम्म अरुका लागि लड्यौं अव आफ्नो समुदायको लागि लड्न सम्पुर्ण उपस्थीत मानिसहरुलाई आग्रह गरे ।
यस्तै, यो अभियानले अब संघीय राजधानी काठमाडौंलगायत देशका ठूला सहरमा यस्ता जागरण अभियान र प्रदर्शनलाई निरन्तरता दिने संयोजक सुनारले बताए।
संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदायस्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गर्नुपरेको उनले बताए।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a