>
Sanchar Club

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउने युवाहरु पक्राउ

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउने युवाहरु पक्राउ
सञ्‍चार क्लव
९ महिना पहिले

२०७७ पुस २४ धनगढी । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका हुन् ।
उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको एसपी अनुपशम्शेर जबराले पुष्टि गरेका छन् । उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान जारी रहेको छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a