>
Sanchar Club

दोस्रो ‘कर्णाली उत्सव’फागुनमा हुने

दोस्रो ‘कर्णाली उत्सव’फागुनमा हुने
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ पुस १९ सुर्खेत । आगामी फागुनमा दोस्रो ‘कर्णाली उत्सव’ हुने भएको छ। उत्सवमा देश तथा देशबाहिरका ५० जना भन्दा बढी साहित्यकार, लेखक, पत्रकार तथा विशिष्ट व्यक्तिहरु अतिथिका रुपमा सहभागी हुने उत्सव आयोजक समितिका संयोजक तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक कमलराज लम्सालले जानकारी दिए। सुर्खेतको प्रमु पर्यटकीय स्थल बुलबुले उद्यानभित्र उत्सव सञ्चालन गरिने छ।
कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी भौतिक दूरी कायम गर्दै उत्सव सञ्चालन गरिने उनले बताए। ‘कोरोना महामारीको महामारीको संक्रमण अझ उच्च हुँदै गएमा अभौतिक रुपमै (भर्चुअल) भएपनि उत्सवलाई निरन्तरता दिन हामी दृढ छौं,’ संयोजक लम्सालले भने।

कर्णाली प्रदेशको पहिचान र सम्भावनालाई उजागर गरी प्रदेशको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटर्की महत्वलाई राष्ट्रिय रुपमा परिचिन गराउनु कर्णाली उत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ।

‘कर्णाली उत्सवः कुडा कर्णालीका’ शीर्षक दिईएको गत वर्ष विभिन्न १४ वटा सत्र सञ्चालन गरेर कर्णालीका विविध विषयमा बहस गरिएको थियो। यो वर्षको उत्सवमा कतिवटा सत्र चलाउने भन्ने विषयमा भने छलफल भईरहेको लम्सालले बताए।आयोजनक ऋति फाउण्डेशनका अनुसार फागुन २७, २८ र २९ गते कर्णाली उत्सव सञ्चालन गर्न लागिएको हो। गत वर्ष फागुन १९, २० र २१ गते पहिलो कर्णाली उत्सव सञ्चालन गरिएको थियो।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a