>
Sanchar Club

डाक्टर बन्ने सपना बुनेका वली कसरी बन्ने अधिकृत ?

डाक्टर बन्ने सपना बुनेका वली कसरी बन्ने अधिकृत ?
सञ्‍चार क्लव
१ महिना पहिले

२०७७ फागुण १५ सुर्खेत । वि.सं २०७२ सालबाट सरकारी सेवामा प्रवेश गरेका टेक बहादुर वली एक लोकप्रिय कर्मचारीको रुपमा परिचित छन् । लामो समय देखि विभिन्न पदमा रही काम गरेको वर्षौबर्ष सेवाको अनुभव छ । हाल बराहताल गाउँपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । उनै प्रमुख प्रशासकीय अधिकृत ओलीसँग,‘उनको बाल्यकाल,जीवन भोगाई संघर्षको सेरोफेरोमारही’ संचार क्लव डटकमका संवाददाता तिलकराज विश्वकर्माले गरेको कुराकानीको संम्पादित अंश यहाँ प्रस्तुत छ ।

सपना आ–आफ्नै हुन्छन् । रहर फरक हुन्छन् । केही गर्ने, केही बन्ने सोच हरेकको हुन्छ । कतिपय सपना हामी आफैँ देख्छौँ । कतिपय समय र परिवेशले देखाउँछ । अथवा, देख्न बाध्य बनाउँछ ।
खेतबारी बेचेर पढाईमा निरन्तर होमिएका, उनी शिक्षक पेशा, निजामति हुँदै प्रमुख प्रशासकीय अधिकृतकोे भूमिकामा समेत उभिएका वलीकोे पनि एउटा सपना थियो, आफैँले देखेको । सानैदेखि पढाइमा अब्बल वलीको डाक्टर बन्ने सपना स्वाभाविक थियो । र, उनी त्यसमा उत्तिकै अडिग पनि थिए । ‘सानैदेखि डाक्टर बन्छु भन्ने सपना बुनका थिए,’ वली भन्छन्, ‘सबै कुरा सोचे÷चाहेजस्तो नहुँदो रहेछ ।

बुवा टंक बहादुर वली र आमा बविसरा वलीको कोखबाट वि.सं २०४८ साल असार २२ गते सुर्खेत जिल्लाको लेकवेशी नगरपालिका वडा नं ७ लवनामा वलीको जन्म भएको हो ।
उनको जन्म एक सामान्य परिवारमा भएको थियो । बुवा आमा शिक्षित थिएनन् । खेतिकिसानी गरेर छोराछोरीको पालन पोषण र दैनिकी बितेको थियो । उनका बुवा पुर्ण रुपमा खेतिकिसानी गर्थे । र आमा भने छोराछोरीको हेरचाहमा समय बिताउथीन् ।
बाल्यकाल बढदै गर्दा अव छोराछोरीलाई शिक्षा दिक्षा दिनुपर्छ भन्ने चेतना उनका बुवामा थियो । त्यतिकै रुचि चासो उनीमा पनि थियो ।
श्री लक्ष्मी प्राथामिक विद्यालयमा लवानामा एक कक्षामा भर्ना भए । उनी सानोमा चन्चले स्वभावका विद्यार्थीमा पर्थे ।
पढाईमा ओली मेहनत र संर्घस गरेर सधै कक्षामा प्रथम हुन्थे । उनको त्यो लगनशिलता, र अनुशासित हुदा शिक्षक सँग घुल्मिल भइरहन्थे । उनी शिक्षक र साथीहरु लोकप्रिय थिए ।
उनले ५ कक्षासम्म अध्ययन लक्ष्मी प्राथामिक विद्यालयमा पढे । त्यसपछि विद्यालय चेन्ज गर्नु पर्यो ।
६ कक्षा पढ्नका लागि श्री सरस्वती माध्यामिक विद्यालय कल्याणमा आए । उनी त्यहाँ पनि उतिकै मेहनती र जेहन्दार विद्यार्थीमा पर्न थाले ।
वि.सं २०६३ सालमा वलीले एसएलसी पास गरे । अव उच्च शिक्षा अध्ययन गर्न वीरेन्द्रनगर जन उच्च माध्यामिक विद्यालयमा भर्ना भए । वलीको उच्च तहको पढाईमा पनि प्रथम श्रेणीबाट पास भए ।
उनलाई डाक्टर बन्ने चाहाना बोकेका थिए । त्यही सपना बोकेर काठमाडौं जाने तयारी गरे । एमविविएसको तयारीका लागि काठमाडौं जानु पथ्र्यो ।
सामान्य परिवारमा जन्मिएपनि ओलीले सपना डाक्टर बन्ने देखेका थिए । आर्थिक हिसावले हेर्ने हो भने, उनलाई त्यो विषय पढ्न र काठमाडौंमा खान बस्न सजिलो भने थिएन ।
उनको सपना पुरा गर्नको लागि बुवाले खेतबारी बेच्नु भयो । तर गाउँ समाजका मान्छेहरुले भने यस्ले के गर्ला, भनेर विश्वास गरेनन् । यसै टिक्का टिप्पणी भईरहयो । ओलीका वुवाले भने, छोरालाई जसरी भएपनि डाक्टर पढाउने हिम्मत गरे ।
खेतबारी बेचेको पैसा लिएर ओली काठमाडौं पढ्न गए । करिव एक वर्ष सम्मको अध्ययन गरे । खुल्ला छात्रवृत्तिमा परे निशुल्क पढेर डाक्टर भईन्थ्यो । उनले परिक्षा दिए उनी प्रथम बन्न सकेनन् । ओलीको सोच आफु प्रथम विद्यार्थी बनेपछि, निशुल्क पढ्ने हो । तर उनी केही कम नम्वरले खुल्ला छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएन । उसोत खुल्लामा नआएर आफ्नै लगानी बाट पढ्न करिव तीस चालिस रुपैयाँ लाग्थ्यो ।
वलीको आर्थिक अभावले सम्भव नभएपछि, उनको डाक्टर बन्ने सपना असफल भयो ।
उनी आफैमा विक्षिप्त हुन पुगे । उही गाउँमा फर्किन पर्यो । घरमा पुग्दा खेतबारी बेचेर पढ्न गएको मान्छे, नसकेर फर्कियो, भन्दै समाजका मानिसहरु खिल्ली उडाउन थाले ।
उनलाई घरको र गाउँका मानिसको कुरा सुनेर टेन्सन हुन्थ्यो । तर पनि ओलीले एउटा सोच बनाए ।
डाक्टर बन्न नसकेपनि मास्टर लेभलको पढाई गरेर विद्यालयको प्रध्यापक लेखचर बन्ने सोच गरे ।
उनका वुवाले पनि हिम्मत गरेर छोरालाई जसरीनि पढाउने लक्ष्यका साथ भएको जग्गा जमिन कृषि विकास बैंकमा धितो राख्नु भयो । वली भन्छन् अनि त्यो पैसाले मैले पढे ।
अव पढेर मात्र नभई मैले कुनै काम गरेर पढाई गरेमा वुवाको ऋणमा कमि हुने वलीको मनमा लाग्यो । त्यसपछि उनले सुर्खेतमा रहेको चिल्ड्रेन प्याराडाईज बोडिङ स्कुलमा पढाउन थाले ।
उनी बोडिङ स्कुलको प्राथामिक तह स्तरको विज्ञाण विषयका शिक्षक थिए । उनको जागिरको पहिलो तलव ६ हजार ८० रुपैयाँ थियो ।
उनले भने, घरमा मैले जागिर खाए भनेर, सुनाउदा आमा बुवा पनि खुशि हुनुभयो । साथ साथै आफ्ना भाईलाइ पनि आफ्नो साथमा ल्यार पढाउन थाले ।
उनको स्कुलमा पढाउने र आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए । करिव ४ वर्ष जति बोर्डिङ पढाए । अव ओलीले सोचे अस्थाई जागिरले नहुने अवस्था हुदो रहेछ । उनीभन्छन् । त्यसकारण स्थाइ जागिर खाख्ने सपना देखे ।
साथीहरुले पनि भने अव लोकसेवा आयोगको तयारी गरेर खरिदार सुब्बा समेत खाने सोच भयो ।
एक जना साथिले भनेको थियो । अधिकृत स्तरमा जागिर खानु पर्छ । साथ साथै आफुलाई पनि तयारी गर भन्यो, ओली भन्छन् ।
उता डिग्रीको परिक्षाको लागि उनी काठमाडौं जानु पर्ने थियो । बोर्डिङ बाट कमाएको पैसा निकालेर काठमाडौं जाने निर्णय गरे ।
घरमा उनका आमा बुवालाई लागेको थियो । अव छोरा डिग्री पढेर लेखचर बन्य भयो ।
अन्नत ः वली काठमाडौंमा डिग्री पढ्न नगई लोकसेवा अन्र्तरगत अधिकृतको तयारीका लागि गएका थिए ।
साथमा उनका एक साथी र आफु थिए ।
वलीका घरमा कस्ले भनिदिएछ । तिम्रो छोराले डिग्री नपढेर लोकसेवा तयारी गर्दै छ भनेर ।
उनका वुवा आमा लाई लाग्न थाल्यो कि अव छोराले फसाउने भयो ? पहिले डाक्टर बन्छु , लेखचर बन्छु भन्यो त्यस्तो भयो । र अहिले के गर्दै छ ।
वलीले घरमा भने म राम्रो सँग पढ्छु । तपाईहरु केही चिन्ता नलिनुहोस् । त्यति भनेपछि आमा बुवाले पनि विश्वास मान्नु भयो । र छोराले जागिर खान्छ कि भन्ने आश उनीहरुमा पलाउन थाल्यो ।
वलीले तीन चार महिना काठमाडौंमा अध्ययन गरे । उनलाई काठमाडौंमा बस्न सजिलो भने थिएन ।
उनी घरमा आए । भन्छन् कि नाम निस्कन पर्यो, कि डिग्री अध्ययन गर्नु थियो ।
वलीलाई घर आफन्त समाजबाट दवाव नै थियो । के गर्छ भनेर । वि.सं २०७२ सालमा अधिकृतको परिक्षा दिए । ओलीले पहिलो लिखीतमा नाम निस्कीयो । उनको हौसला बढ्यो । उनको पछिल्ला परिक्षामा भने नाम निस्कन सकेन । तर ओलीसंगै अध्ययन गरेको साथीको नाम निस्कीयो । वली निरास भए । उता डिग्री पनि मिस भयो । यता अधिकृत बन्ने सपना पनि अधुरो रहयो ।
त्यसपछि उनलाई घरबाट दवाव आउन थाल्यो । आमा वुवाको सपनालाई अधुरो बनायो भनेर । बुवा आमाले भने, छोरा तिमीबाट हामीले ठुलो अशा गरेका थियौं । अहिले तिमीले केही गर्न सकेनौं । घरको त्यो पिडाले उनलाई टेन्सनले सताईरहन्थ्यो ।
उता खरिदार सुब्बाको तयारी पनि गरेका थिए । उनले खरिदार सुब्बाको परिक्षा दिए । उनले फेरी काठमाडौं गएर अधिकृतको तयारी गर्ने सोच गरे ।
अनन्त ः ओलीको नायव सुब्बाम नाम निस्कीयो । वि.सं २०७२ मंसिर महिनामा स्थाई जागिरको पहिलो पोष्टिङ बर्दियामा भयो । महिल तथा बालवालिका कार्यालयमा भयो ।
उनीभन्छन् अव यति भए म आफु आत्मर्निभर भएको महशुस हुन थाल्यो । उनले करिव ९ महिना जति बर्दियामा काम गरे ।
त्यसपछि अफिसरको तयारीमा सक्रिय थिए । २०७३ साल असोज महिनामा अधिकृतमा नाम निकाल्न सफल भए ।
उनीहरुलाई अफिसरको टेर्निङ दियो । र ओलीको अधिकृतको पहिलो पोष्टिङ स्थानीय तहमा भयो ।
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा खटाईयो । उनी भन्छन् हिमाली र पहाड भुगोलका कारण केही दुःख कष्टहरु खेप्नु पर्यो । करिव तीनदिन जति हिनेर आफ्नो कार्यक्षेत्रमा पुगेको ओली बताउछन् ।
राज्यले खटाएपछि दुख संगै चुनौतीहरु पनि थिए । वली अदानचुली गाउँपालिकाका कार्यकारी अधिकृत स्तरको जागिरको पहिलो अनुभव हुनाले पनि हो ।
भौगोलिक रुपमा विकटता भोगियो । तर फोन सम्पर्क गर्न पनि कष्टनै हुन्थ्यो । स्थानीय चुनाव भएपछि, जनप्रतिनिधीहरु आफ्नो कार्यक्षेत्रमा आएपश्चात जिम्मेवारीका साथै कामहरु संचालन भए ।
करिव ९ महिना पछि अधिकृत वलीको सरुवा अछाम जिल्लाको ढकारी गाउँपालिकामा भयो ।
त्यहाँको जिम्मेवारी र काम कार्यलाई आफ्नो घरको काम गरे जस्तै गरेर दिनहरु बिताउन्थे । कार्यकाल राम्रो रह्यो ।
करिव तिनबर्ष जति अछाममा बसेका प्रमुख प्रशासकीय अधिकृत वलीको सरुवा सुर्खेतमा भयो । ७७ साल पुस महिनामा हाल सुर्खेत जिल्लाको बराहताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।
उनी भन्छन् सबै सँग मिलेर जानु स्थनीय सरकारको काम हो । अधिकृत वली भन्छन जनप्रतिनिधी र कर्मचारी विच नङ र मासु जस्तै सम्बन्ध हुनुपर्छ । राजनीतिक क्षेत्रआधिकारले आफ्नो काम गर्ने हो । कर्मचारीले आफ्नो भुमिका इमान्दारीताका साथ निभानुपर्ने र्कत्वय रहेको ओलीको भनाई छ । जनप्रतिनिधी पनि जनताका सेवक हुन । र हामी पनि जनताका सेवामा लागिपरेका छौं । हामी सबैको उदेश्य एउटै हो । प्रमुख प्रशासकीय अधिकृत वलीको बुझाई छ । वली कार्यालयमा सेवाग्रहीहरु सँग पनि निकै घुलमिल हुन्छन् । ओली सबैसँग मिठो बोल्छन् । आम सेवाग्रहीहरु ले पनि उतिकै लोकप्रिय मान्ने गरेका छन् ।
झट हेर्दा अधिकृत जस्तै देखिन्छन् । उनी भन्छन् नागरिक हाम्रा मालिक हुन् । म सधै सम्मान गर्ने गर्छु ।
राजनीतिज्ञ र कर्मचारीको जनताप्रतिको उदेश्य एउटै हो । केही कोही कतैबाट केही गल्ति भए । हामी सबै मिलेर समधान तर्फ जानुपर्छ । आम सर्वसाधारण सँगै हातेमालो गरेर गयौं भने, भोली हाम्रो देश समृद्ध बन्ने प्रमुख प्रशासकीय अधिकृत वलीको अपेक्षा रहेको छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a