२०७८ भदौ १३ सुर्खेत । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकीएसँगै जाजरकोट जिल्लाको सभापति बन्ने विषयको चर्चा चलिरहेको छ । जिल्ला सभापतिको लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेहरुको संख्या पनि कम छैन।
जिल्ला तहका नेताहरु सदरमुकाम छोडेर गाउँ र वडामा केन्द्रीत भइरहेका छन्। जाजरकोटमा पनि नेपाली कांग्रेसको महाधिवेशनको माहोल बढेको छ। एक जना जिल्ला सभापतिहरुका लागि सात जना नेताहरु अगाडि सरेका छन्।
जिल्लाका भेरी नगरपालिकाबाट २ जना, बोरेकोटबाट २ जना र जुनीचाँदेबाट २ जना र शिवालयबाट १ जना गरी जम्मा ७ जनाले आफूलाई समापतिका लागि अगाडी बढेका हुन्। यी सात जना कांग्रेसको संस्थापन पक्ष र इतरपक्षबाट पार्टीमा क्रियाशील व्यक्ति हुन्।
को हुन सात जना सभापतिका आकांक्षीहरु
सनतकुमार कार्कीः– भेरी नगरपालिका जाजरकोट निवासी सनतकुमार कार्की जिल्लाको अग्रज नेता एवं पूर्व सभापति हुन्। कार्यकर्तामाझ इमानदार नेताका रुपमा चिनिएका उनी संस्थापन पक्षबाट सभापति बन्ने योजनामा छन्। सभापति भएको अवस्थामा जाजरकोट कांग्रेसलाई एक ढिक्का बनाउँदै संगठन निर्माणलाई तिब्रताका साथ अघि बढाउने कार्कीको भनाइ छ।
सदरमुकाम आसपासका क्षेत्रमा कार्यकतामाझ उनी नजिकबाट परिचित भए पनि ग्रामीण क्षेत्रका कार्यकर्तासँग भने त्यति परिचित छैनन्। कार्की २०७४ सालको स्थानीय तह निर्वाचनमा भेरी नगरपालिकाको मेयरका उम्मेदवार हुन्।
खडक बिसीः– शिवालय गाउँपालिका निवासी खडक बिसी हाल नेपाली कांग्रेस जाजरकोटका सचिव हुन्। बिसी बिद्यार्थी कालदेखि नेबिसंघबाट राजनीतिमा संक्रिय भएका हुन्। उनले २०५६ सालमा नेबिसंघ जाजरकोटको साधारण सदस्य हुँदै औपचारिक रुपमा बिद्यार्थी रानीतिमा हातहालेका हुन्।
२०६६ सालमा भएको स्वबियु निर्वाचनमा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटबाट सभापतिमा विजयी बिसीको चर्चा थप चुलिएको हो। उनी पार्टीको १३ औ अधिवेशनमा सचिवमा भारी मतले बिजयी भएका थिए।
बिसी संस्थापन पक्षबाट उम्मेदवार भई जाजरकोट कांग्रेसको नेतृत्व लिने आन्तरीक तयारीमा जुटेको पछिल्ला केही गति विधिले देखाएको कार्यकर्ता जानकारी दिएका छन्। सम्पुर्ण युवाहरु प्राथामिकतामा रहेका बिसी सभापति भएमा युवाहरु लाई मिलाए लिन सक्ने भएको हुदा उनी युवाहरुको प्राथामिकतामा प्रर्दै आएका छन् । युवा नेता बिसी पाटी भित्र र जनता विचमा लोकप्रिय नेताको रुपमा परिचित छन् ।
बेदराज सिंहः– बारेकोट गाउँपालिका निवासी बेदराज सिंह नेपाली कांग्रेस जाजरकोटका प्रखर युवा नेता हुन। मिजासिलो स्वभाव, मिठो बोली बचन भएका सिंह प्रखर वक्ताका रुपमा पनि नेताकार्यकर्तामाझ परिचित छन्।
नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षहुँदै राजनीतिमा सक्रिय भएका सिंह १३औ अधिवेशनमा अहिलेका सभापति दिपकजंग शाहसँग मात्र ६ मतले पराजित भएका थिए। त्यसैले पनि सिंह सभापतिको लागि निर्विकल्प उम्मेदवार भएको कार्यकर्ता बताउँछन्।
१३औँ अधिवेशनमा देउवा खेमाको समर्थन रहेको भए पनि त्यस पश्चात् उनले खेमा परिवर्तन गरेका हुन । अहिले उनी सिटौला खेमाबाट सभापतिको उम्मेदवार बन्ने निश्चित जस्तै छ।
मुक्तीप्रसाद आर्चायः– भेरी नगरपालिकानिवासी मुक्तीप्रसाद आर्चाय शहिद लक्ष्मी प्रसाद आर्चायका सुपुत्र हुन। अहिले कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सचिव पदमा कार्यरत आर्चाय इमानदार युवा नेता हुन्
रामचन्द्र पौडेल खेमामा आबद्ध आर्चाय कांग्रेस जाजरकोट सभापतिको लागि बलियो दाबेदार हुन। केन्द्रमा राम्रो पहुँच बनाएका नेता आर्चाय जिल्लामा युवाहरुमाझ नकिबाट परिचित नभए पनि युवा रिझाउन सक्ने क्षमता राख्दछन्।
सर्पराज राउतः– जुनीचाँदे गाउँपालिका निवासी सर्पराज राउत हाल जाजरकोट कांग्रेसका उपसभापति हुन। निडर र हक्की स्वभावका राउत जिल्लाका सबै क्षेत्रमा नेता तथा कार्यकतामाझ नजिकबाट परिचित छन्।
उनी अब जिल्ला सभापतिको नेतृत्व गर्न चाहान्छन। पार्टी भित्र निरन्तररुपमा क्रियाशिल भइरहने राउत संस्थापन पक्षबाट आफूलाई सभापतिको रुपमा सर्वसम्मत अघि बढाउने बताउछन
महेन्द्रबहादुर शाहः–बारेकोट गाउँपालिका निवासी महेन्द्रजंगशाह नेपालीकांग्रेस जाजरकोटका क्षेत्रीय सभापति हुन। नेबिसंघ जाजरकोटका पूर्व अध्यक्ष समेत रहेका शाह हक्की र निडर स्वभावका नेता हुन्।
उनी हाल बारेकोट गाउँपालिकाको अध्यक्ष छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखी शाहको चर्चा थप चुलिएको छ। नेताशाह सहमतिमा अघि नबढेको खण्डमा जिल्ला सभापतिमा दाबीगर्ने केहीदिन अघि सामाजिक संजालमार्फत उल्लेख गरीसकेका छन्।
इलम शाहीः– जिल्लाको जुनीचाँदे गाउँपालिका निवासी इलम शाही नेपाल शिक्षक संघ कर्णाली प्रदेशका संयोजक हुन। नेबिसंघ हुदै शिक्षक संघको राजनीतिमा सक्रिय शाही अहिले पौडेल खेममा लागेका छन्।
देउवा खेमाबाट कर्णाली प्रदेशको अधिवेशनमा संयोजक पड्काएका शाहीले त्यसपछि गुट छोडेका हुन। उनी जिल्लामा शिक्षकसंघको नेताबाट चिनिन्छन्। अब पार्टीको राजनीतिमा संक्रियहुने योजनामा रहेका शाही त्यसको सुरुवात जाजरकोट कांग्रेसको सभापतिबाट गर्ने योजनामा छन्।