२०७७ माघ १८ सुर्खेत । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ३ का वडाअध्यक्ष प्रचण्ड वलीले बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले अनुमति नदिएरै ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपालको नक्ली प्रमाण जुटाएर रकम अशुल्ने काम गरिहेका छन् ।
उनले आम सर्वसाधारण लाई सोलार चुलो लिन २५ हजार रकम लाग्ने भएपनि फार्रम संकलनमा ३७ सय ५० रुपैयाँ मात्र उपलव्ध गराई फार्रम संलन गर्न आम जनतालाई अपिल गरेका छन् ।
यसमा आवश्यक चाहिने नेपाली नगरिता नंम्वर बुवा आमाको नाम सहित फार्रम भर्न वडाअध्यक्ष वलीले फेसवुक मार्फत जानकारी दिएका छन् ।
नलगाड नगरपालिका वडा नं १ देखि १३ सम्मका लागि अति विपन्न समुदायलाई लक्षित गरिएको भन्दै, ८० वाडबाट ५० एयान, १० एयान चार्ज कन्ट्रोल सोलार सुधारिएको चुलो ३५ केजी हुने बताइएको छ ।
उक्त कार्य बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपालले यो कार्य छुट भएको विज्ञप्ती मार्फत पुष्टि गरेको छ ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले यो कार्य गरि विभिन्न गाउँठाउँका नागरिकलाई छल्दै रकम अशुल्ने हुदा यस्मा सचेत रहन आमसर्वसाधरण लाई विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।