>
Sanchar Club

जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध छ : मन्त्री लामा

जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध छ : मन्त्री लामा
सञ्‍चार क्लव
१ वर्ष पहिले

२०७९  साउन ३० हेटौंडा। बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले जनतालाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालय अन्तरगतका कार्यालयहरुको बार्षिक समिक्षा बैठक एवं मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले संघीय एवं प्रदेश सरकारको समन्वय स्वास्थ्यकर्मीको अथक प्रयास र नागरिकको सहयोगका कारण कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको प्रतिक्रिया दिए ।

स्वास्थ्यलाई सेवा लाइ आम जनताको पहुँचमा पुर्‍याउनुपर्ने उनको भनाई छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सतप्रतिशत खोप अभियानलाई सार्थक बनाउन र नागरिकलाई कोभिड–१९ को जोखिमबाट बचाउन बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानमा सतप्रतिशत सफलता हासिल गरेकोमा सबैलाई आभार व्यक्त गरे । कोभिड महामारी, नीतिगत समस्या र प्रशासनिक समस्याका कारण लक्ष्य अनुसारको प्रगतिमा समस्या रहेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षमा मन्त्रालय अन्तरगतका सबै निकायहरुलाई लक्ष्य अनुसारको प्रगति गर्ने ढंगले काम गर्न निर्देशन दिए ।

उनले जनतालाई स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्ने भन्दै उनले यसतर्फ लाग्न सबै निकाय आजैबाट कार्ययोजन अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले प्रदेशका सबै मन्त्रालयहरुको समस्या एकै किसिमको रहेकाले यसलाई समाधान गर्न सबैको सामुदायिक प्रयास आवश्यक रहेको बताए । उनले कार्यालयहरुको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सुशासन र पारदर्शिता जस्ता विषयमा विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार अन्तरगतका निकायहरुको काम कारवाहीबारे अनुगमन गरेको र आवश्यक सुझाव समेत दिएकाले सोही अनुसार सुधारको अपेक्षा गरिएको उनको भनाई छ ।

मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेर आगामी दिनमा अस्पतालहरु लाई थप गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिए। सचिव खड्काको अध्यक्षतामा बसेको समिक्षा बैठकमा मन्त्रालय, मन्त्रालय अन्तरगतका विभिन्न निकायहरुले आव २०७८ र ०७९ को गतिविधि, समस्या र समाधानको उपाय बारे प्रस्तुति गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुख दिपक प्रसाद तिवारी, नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन पौडेल, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्की, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा.अर्जुन सापकोटा, स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले लगायतले प्रस्तुतिकरण गरेका थिए । त्यस्तै, सोमबार नै प्रदेशस्तरीय समस्या समाधान समितिको बैठक समेत बसेको थियो ।

बार्षिक समिक्षा बैठकका  तस्विहरु