>
Sanchar Club

छविलाल विश्वकर्मा भन्छन् : शिक्षा मन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ !

छविलाल विश्वकर्मा भन्छन् : शिक्षा मन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ !
सञ्‍चार क्लव
१ महिना पहिले

२०७८ असार १३ काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताएका छन्।
विश्वकर्माले मन्त्री श्रेष्ठले शक्तिको प्रयोग गरेर कानुनी प्रक्रियालाई प्रभाव पारेकोसमेत बताए। जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न बुधबार शिक्षा मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो। विश्वकर्माले मन्त्री श्रेष्ठले गरेको काम क्षम्य विषयसमेत नरहेको बताए।
ुजे भयो, त्यो गलत भयो ज्यादै बेठिक भयो, गलत भयो त्यो क्षम्य हुनसक्ने विषय होइन। संविधान र कानुनको कार्यान्वयन गर्ने सरकारले हो। अब संविधान, कानुनले के भन्छ, त्यो अनुसन्धानको विषय हो,ु उनले भने,ुत्यसमा भन्नुपर्ने केही कुरै रहेन। तर जिम्मेवारीमा रहेको मन्त्रीले संविधान, कानुनलाई प्रभावित पार्न खोजेको प्रष्टै देखियो ।

सरकारको जिम्मेवार मन्त्रीका हिसाबले मन्त्री श्रेष्ठले त्यस्तो गरेको भनेर सुरूमा आफूलाई पत्यारै नलागेको उनले बताए। मन्त्रीको गतिविधि हेर्दा, पढ्दा र सुन्दा आफूलाई दुःख लागेको भन्दै उनले यस सम्बन्धमा मन्त्रीले सार्वजनिक रूपमा नबोलेकोमा आश्चर्य प्रकट गरे।

ुयो घटना स्वीकार गर्न सकिने खालको भएन। क्षम्य हुनसक्ने खालको विषय भएन। यस सम्बन्धमा मन्त्री आफैंले बोल्नुहोला, के हो भनेर,ु विश्वकर्माले भने, सरकारका तर्फबाट पनि के हो भन्ने कुरा आउला। मेरो कुरा के हो भने यो ज्यादै गलत भयो, बेठिक भयो। यो क्षम्य हुनसक्ने विषय होइन।
यो घटनामा बिलम्ब नगरी मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने उनले बताए। उनले मन्त्री श्रेष्ठ आत्मालोचित बन्नुपर्ने समेत बताए।

ुयसलाई सामान्य घटनाका रूपमा लिन हुँदैन। काम गर्ने क्रममा एउटा जिम्मेवार मन्त्री कहाँ जाने, कहाँ नजाने, के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने भनेर स्वंय पदले तय गरेको छ। यसको गम्भीरता र संवेदनशिलतालई बुझ्नपर्छ उनले थपे यस सम्बन्धमा कुनैपनि हिसाबले अनुसन्धानलाई प्रतिकूल हुने, प्रभाव पार्ने खालको काम राज्यको संयन्त्रले गर्न मिल्दैन। मानवता विरुद्धको यस्ता गतिविधि भइरहेका र विषयहरू उठिरहेका सन्दर्भमा अविलम्ब बोल्नुपर्छ। सरकारको यस सन्दर्भमा धारणा आउला भन्ने अपेक्षा गरेको छु ।
जानरअन्जान कहिँकतै भावनामा बगेर त्रुटि हुने चिजहरूलाई समयमै सच्याउनु पर्ने उनको भनाइ छ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a