>
Sanchar Club

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकारको प्रतिबद्ध छ : प्रधानमन्त्री

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकारको प्रतिबद्ध छ : प्रधानमन्त्री
सञ्‍चार क्लव
३ हप्ता पहिले

२०७९ जेठ २८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघले उठाएका मुद्धा प्रति नेपाल सरकार सकारात्मक रहेको बताउनु भएको छ । शनिबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उनले संवैधानिक व्यवस्थाअनुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरु मागहरु कानून र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधिहरु मण्डलसँगको भेटघाटमा सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यका अनुसार गैरआवासीय नेपाली नागरिकता, नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयमा काम गर्ने बताए ।

गैरआवासीय नेपालीहरु लाई परिचय पत्र उपलब्ध गराउन अनुरोध गर्दै नेपाल सरकारले पेश गरेको नीति, तथा कार्यक्रम बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषयहरु सरकारले सम्बोधन गरेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघले १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधि मार्फत कार्यक्रम गर्ने भएको हो । यस कार्यक्रममा सहभागीताका लागि नेपाल सरकार सम्बन्धित मन्त्रालयहरु, राजनैतिकदलहरु र सरोकारवाला निकायहरु संग विशेष छलफलका साथै भेटघाटको क्रम रहने छ ।