>
Sanchar Club

खेलाडि र प्रशिक्षको सुविधामा सरकार गम्भीर बन्नुपर्छ : सभापति बानियाँ

खेलाडि र प्रशिक्षको सुविधामा सरकार गम्भीर बन्नुपर्छ : सभापति बानियाँ
सञ्‍चार क्लव
२ हप्ता पहिले

२०७९ जेठ २९ काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलाडी र प्रशिक्षकको मनोबल उच्च राख्नको लागि सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ । नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा उहाँले खेल र त्यसका खेलाडी देशका गहना भएको उल्लेख गर्दै देश तथा विदेशमा खेलाडीले नेपालको गौरव बढाएको बताउनुभयो । नेपाली काँग्रेस बाग्मती प्रदेश सभा संसदिय दलका नेता समेत रहेका बानियाँले खेलको भौतिक स्तर सुधारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भवन, कवर्डहल तथा अन्य भौतिक संरचना निर्माण तथा सुधारमा मै सहयोग गर्छु, उहाँले भन्नुभयो, खेल देश र व्यक्तिको स्वास्थ्यको लागि आवश्यक छ । भर्खरै सम्पन्न स्थानीयतहका नेतृत्वकर्ताहरुले खेल तथा खेलाडीको उचित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदै उहाँले देशको राजधानी समेत भएको प्रदेश भएकाले उदाहरणीय काम गर्नुपर्नेमा जोडदिनुभयो