>
Sanchar Club

कर्णालीका मुख्यमन्त्री सहित दुई मन्त्री सडकमा

कर्णालीका मुख्यमन्त्री सहित दुई मन्त्री सडकमा
सञ्‍चार क्लव
४ महिना पहिले

२०७७ माघ २२ सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेकपा प्रचण्ड नेपाल पक्षले आह्वान गरेको हडतालमा सहभागी हुन सडकमा आएका छन् ।
सरकारविरुद्ध सडक संघर्षमा रहेको नेकपा प्रचण्ड नेपाल समूहको बन्द सफल पार्न कर्णालीका मुख्यमन्त्री शाहीसहित मन्त्रीहरु पनि सडकमा उत्रेका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी पनि सडकमा निस्किएका हुन् ।

सुर्खेतको स्थानीय मंगलगढी चौकबाट मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा आउन बाध्य भएको बताए।
असंवैधानिक रुपमा प्रतिनिधि सभाको विगठन र संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिविरुद्ध सडक संघर्षमा उत्रनु परेको शाहीको भनाइ छ।सञ्चारर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदविरुद्ध सडकमा आउनु परेको बताए।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a