>
Sanchar Club

कम्युनिष्ट सरकारले लोकतन्त्रको रक्षा गर्न सकेन् : कांग्रेस महामन्त्री खड्का

कम्युनिष्ट सरकारले लोकतन्त्रको रक्षा गर्न सकेन् : कांग्रेस महामन्त्री खड्का
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ चैत ६ सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिष्टहरुले लोकतन्त्रको रक्षा गर्न नसकेको बताएका छन् ।
नेपालको संबिधान सम्झौताको दस्तावेज भएको हो । भन्दै नेपाल मगर संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै खड्काले नेपालको संबिधान बनाउन करिव सात वर्ष लामो अभ्यासबाट बनेको थियो । त्यो संविधानको रक्षा गर्नुको साटो उल्टै मनपरि ढङगबाट सरकार चलाईरहेको बताए ।
नेपालको संबिधान सहमतिको सम्झौताको दस्ताबेज भएको अहिले गुटको दस्तावेज बनेको महामन्त्री खड्काको भनाई छ ।
‘अस्थिर राजनीतिकलाई स्थिर राजनीतिमा बनाउनका लागि संबिधान बनेको हो ।’ उनले भने,‘एमाले र माओवादीले गुटको दस्तावेजका रुपमा ब्याख्या गरेका छन् ।’
संबिधानमा केही कुरा पूर्ण नभएको र संसोधन गर्नु पर्ने अवस्था रहेपनि अहिलेको सरकारले त्यसलाई धज्जी उडाइ वर्तमान कम्युनिष्ट गरेको महामन्त्री खड्काले बताए । ‘ दलित,मधेशी,आदीवासी, जनजाती, महिला, पिछडिएको क्षेत्रका बिषयमा केही अपुग रहेको छ ।’ तर ,‘संबिधान जारी गर्दा तत्कालिन नेपाली कांग्रेस, एमाले, माओवादी र मधेशी दलहरुसँग स्थानीय चुनावदेखि सबै तह चुनावसम्म सँगै जाने सहमति भएको हो ।’
नेपाली कांग्रेसले संबिधानको मुलभूत कुरा कहिले पनि नछोडेको महामन्त्री खड्काले बताए ।नेपाल अहिले अस्थिर राजनीतिक बनेको यसले लोकतन्त्र नै खतरा बढेको महामन्त्री खड्काले जानकारी दिए ।
अबको देशको निकास भनेको एक नेपाली कांग्रेस माओवादी र मधेशवादी मिलेको सरकार, अर्को एमाले र मधेशवादी दल मिलेको सरकार, अर्को एमाले, कांग्रेस, माओवादी र मधेशवादी दल मिलेर एक वर्ष भित्र निर्वाचन गर्न आवश्यक रहेको महामन्त्री खड्काले बताए । ‘त्यो नेपाली कांग्रेसका नेतृत्व सरकार बनाउन आवश्यक रहेको छ ।’ उनले भने,‘त्यस सबै तहका निर्वाचन गराउन आवश्यक रहेको छ ।’
त्यस्तै, नेताको भाग नमिल्दा पार्टीमा झगडा भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘नेताहरु गुट बनाउने तिर लागेँ ।’ उनले भने,‘पहिला जग राम्रो बनाऔं । जग बलियो भयो भने माथिका नेताहरुले गुट बनाउने काम अन्त्य हुन्छ ।’
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशले प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मेलन आज वीरेन्द्रनगर सुर्खेतमा भएको छ ।
उक्त कार्यक्रम मंगलगढी चोकबाट र्याली शुरु भइ बिचबजार हुँदै बजार परिक्रमा गरि कार्यक्रम स्थल खुल्लामञ्चको कवडहलमा प्रस्थान गरेका हो ।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशको सभापति पुर्ण राना मगरले गर्नुभएको थियो । भने प्रमुख अतिथिमा नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्का रहेका थिए । बिशेष अथितिहरु नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रीदय हृदय राम थानी,जीवन बहादुर शाही र नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सभापति ओम थापा मगर रहनुभएको थियो ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a