>
Sanchar Club

एटीएम मेसिन फुटाउँदै गर्दा भक्तपुरमा एकजना पक्राउ

एटीएम मेसिन फुटाउँदै गर्दा भक्तपुरमा एकजना पक्राउ
सञ्‍चार क्लव
१ वर्ष पहिले

२०७७ १७ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमबास घर बताउने र हाल भक्तपुरको नगदेशमा बस्ने २१ वर्षीय सचिन तामाङ छन् ।

शनिबार बिहान करिब सवा २ बजेतिर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ बाहखा बजारस्थित सन्जिब चित्रकारको घरको भुइँतलामा रहेको एटिएम मेसिन फुटाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डीएसपी दिपक गिरीले जानकारी दिए ।उनको साथबाट १ थान ह्याम्बर, १ थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर ९डण्डी० बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत ठिमीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको डीएसपी गिरीले जानकारी दिए ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a