>
Sanchar Club

‘आज रातिदेखि केही दिनसम्म वर्षा र हिमपात हुने सम्भावना छ, सतर्क रहनुहोला’

‘आज रातिदेखि केही दिनसम्म वर्षा र हिमपात हुने सम्भावना छ, सतर्क रहनुहोला’
सञ्‍चार क्लव
३ महिना पहिले

२०७७ पुस २० काठमाडौं । आज (आइतबार) रातिदेखि केही दिनसम्म देशका धेरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेकाले आम नागरिकलाई होसियारी अपनाउन मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ।

महाशाखाले आइतबार दिउँसो विशेष मौसम बुलेटिन जारी गर्दै पश्चिमी वायुमा विकसित न्यून चापीय प्रणालीको प्रभावले आजदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको हो।

महाशाखाका अनुसार आज रातिदेखि पुस २१ गतेसम्म बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले भनेको छ बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहन हुन सबैमा अनुरोध छ।

 

 

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a