>
Sanchar Club

अहंकार र धोका दिनेको हरिबिजोग हुन्छ : माधवकुमार नेपाल

अहंकार र धोका दिनेको हरिबिजोग हुन्छ : माधवकुमार नेपाल
सञ्‍चार क्लव
४ हप्ता पहिले

२०७९ जेठ १९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेको छन्। स्थानीय तहको निर्वाचनमा खुम्चिएको एमालेले पाँच दलीय गठबन्धन टुटाउन प्रधानमन्त्रीको अफर गरेको खुलाएका हुन्।

बिहीबार सुर्खेत पुगेका अध्यक्ष नेपालले आगामी निर्वाचनभन्दा पहिले गठबन्धनमा प्रतिकूल असर पर्ने काम कुनै काम नगर्नेसमेत बताए। उनले भने, ‘प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिँदै भनेको थिएँ, तपाईँलाई मात्र होइन, अन्त पनि आएको होला है। मैले सांकेतिक कुरा गरेको थिएँ। यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो।’

ओलीको चालबाजीको तरिकाले विगतमा नोक्सान मात्रै गरेको उल्लेख गर्दै धोका दिनेको बिजोग हुने चेतावनी दिए। मान्छेलाई लोभ देखाउन सकिन्छ कि, लालच देखाएर सकिन्छ कि, यो तरिका नगरौँ। संकेत बुझिहाल्नुभयो, मतिर पनि आएको होला निरु यस्ता लोभलालचको भुलभुलैयामा पर्ने मान्छे म होइन’ उनले भने, ‘गठबन्धन फुट्नेवाला छैन। यसको विकल्पमा पनि छैन।’

उनले कसैले चाहेर पनि अहिलेको सत्ता गठबन्धन टुटाउन नसक्नेसमेत प्रष्ट पारे। साथै उनले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताए।

आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रष्ट पारे। अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको आरोप लगाउँदै उनले आफूलाई कुनै पदको लोभ, लालच नभएको प्रतिक्रिया दिए।