>
Sanchar Club

अमेरिकी संसदमा हिंस्रक झडप, मृतकको संख्या चार पुग्यो !

अमेरिकी संसदमा हिंस्रक झडप, मृतकको संख्या चार पुग्यो !
सञ्‍चार क्लव
९ महिना पहिले

२०७७ पुस २४ एजेन्सी । अमेरिकाको राजधानीमा भएको हिंसात्मक आक्रमणमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवनमा गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अन्य तीनजनाको अस्पताल लैजाँदै गर्दा निधन भएको वासिंगटन प्रहरीले जनाएको छ।

एक महिलाको संसद् भवनमै गोली लागेर मृत्यु भएको हो। अरू एक महिला तथा दुई पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको डिसी प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन्।

अमेरिकी संसदभित्रै आक्रमण, एकजनाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

रिपलिब्कन र डेमाक्रेटिक पार्टी कार्यालयबाट दुईवटा पाइप बम बरामद भएको छ। मृत्यु हुनेमा एक नाभी अफिसरको पनि छन्। डिसीका मेयरले १५ दिनको लागि सार्वजनिक आपतकाल लगाउने निर्णय गरेका छन्। बिहान ६ बजेसम्म कर्फ्यू आदेश गरिए पनि त्यसलाई उल्लंघन गर्दै लगातार हिंसात्मक प्रदर्शन भइरहेका छन्।
राजधानीमा भएको झडपमा १४ सुरक्षाकर्मी घाइते भएका छन्। अहिलेसम्म प्रहरीले ५२ जना भन्दा बढीलाई पक्राउ गरेको छ। त्यसमध्ये ४७ जना कर्फ्यू उल्लंघन गरेका कारण पक्राउ परेका हुन्।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a