>
Sanchar Club

अमेरिकाका राजदूतका लागि डा.खतिवडा सिफारिस

अमेरिकाका राजदूतका लागि डा.खतिवडा सिफारिस
सञ्‍चार क्लव
१० महिना पहिले

२०७७ असोज १५ काठमाडौं । सरकारले डा।युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ। आज बसको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री घनश्याम भुषालले जानकारी दिए। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेको थिए। राष्ट्रियसभाको मनोनित सदस्यबाट अर्थ मन्त्रालयको कार्यकाल सकिएलगत्तै मन्त्रीको सेवा सो सरह सुविधासहितको अर्थ सल्लाहकार नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रियसमामा निरन्तरता दिएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइरहन चाहेका थिए। तर, उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभाको मनोनित सदस्यको रुपमा जाने अडान लिएपछि ओलीपछि हटेका थिए। प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवादको क्रममा उपाध्यक्ष गौतमले साथ दिइरहेको हुनाले खतिवडालाई दोहोर्याउने अडानबाट पछि हटेका थिए।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a