२०७७ चैत्र १३ काठमाडौं । दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत्त १४ गते देखि २३ गते सम्म पारा ब्याडमिन्टन प्रतियोगिता हुने छ ।
च्यापिम्यनशीपमा सहभागि हुन जाने नेपाली खेलाडी सुर्खेत वीरेन्द्रनगरका १८ वर्षीय प्रकाश अधिकारीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिता आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल प्रतियोगितामा नै सहभागिता जनाउँदै स्तरीयता प्रदर्शन गर्दै आईरहेका खेलाडी हुन्।
खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना दिएका छन् ।
उनलाई नेपाल ब्याडमिन्टन संघ तथा ब्याडमिन्टन एसियाका पारा ब्याडमिन्टनका समेत अध्यक्ष रहेका रामजी बहादुर श्रेष्ठ, राखेपका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ, संघका पदाधिकारी, ब्याडमिन्टनका चिफ कोच सुदिप योन्जन र वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल लगायतले बिदाई गरे ।
खेलाडी प्रकाशलाई बिदाई गर्दै संघका अध्यक्ष श्रेष्ठले पारमा ब्याडमिन्टनमा यो प्रकाशको मात्रै नभई नेपालकै पहिलो अन्तर्राष्ट्रिय सहभागिता रहेको बताए । अध्यक्ष श्रेष्ठले पहिलो सहभागिता रहेपनि अधिकारीको खेलको स्तर अनुसार नेपालको पदकको अपेक्षा रहेको बताए ।