>
Sanchar Club

अंकलको प्रेरणाले इन्जिनियर भए, नागरिकलाई उज्यालो दिदै आएका छौं : विद्युत प्राधिकरण प्रमुख गिरी

अंकलको प्रेरणाले इन्जिनियर भए, नागरिकलाई उज्यालो दिदै आएका छौं : विद्युत प्राधिकरण प्रमुख गिरी
सञ्‍चार क्लव
२ महिना पहिले

२०७७ माघ १७ सुर्खेत । वि.सं २०६३ सालबाट उर्जा तथा विद्युत क्षेत्रको पहुँचबाट जनतालाई उज्यालो दिदै आएका टंकराज गिरी एक चर्चित इन्जिनियरको रुपमा परिचित छन् । लामो समय देखि विभिन्न ठाउँमा रहेर काम गरको बर्षोवर्ष सेवाका अनुभव छ । हाल नेपाल विद्युत प्राधिकरण कार्यालय सुर्खेतका साहयक प्रवन्धक प्रमुख रहेका छन् । उनै प्रमुख गिरीसँग बाल्यकाल, जीवन भोगाई संघर्षको सेरोफेरोमा रही संचार क्लव डटकमका संवाददाता तिलकराज विश्वकर्मा ले गरेको कुराकानीको संम्पादित अंश यहाँ प्रस्तुत छ ।

बुवा तुलाराज गिरी र आमा बाचु गिरीको कोखबाट वि.सं २०३७ साल कार्तिक २७ गते जुम्ला जिल्लाको साविक लुम्रा गाविस हालकोे तातोपानी गाउँपालिका–५ श्रीनगरमा उनको जन्म भएको हो ।
उनको जन्म एक सामान्य कृषक परिवारमा भएको थियो । गिरीका बुवा खेतिकिसानी गर्ने गर्थे । आमा भने छोराछोरीको हेरचाहमा समय बिताउथीन् । बुवाको रोजगार र आय श्रोत भने खासै केही थिएन । काम गरेरै परिवार पालन पोषण गर्नुपथ्र्यो ।
बाल्यकालका दिनहरु दुःख कष्ठ गरेरै बितेको उनी बताउँछन् । उनका बुवा आफु दुःख गरेरै भएपनि आफ्ना सन्तानलाई शिक्षा दिक्षा दिनुपर्छ भन्ने चेतना थियो । स्वयम् गिरीमा पनि पढ्न रहर उस्तै थियो ।
उनको पहिलो पढाईको सुरुवात श्री दुर्गा माध्यामिक विद्यालय लाम्रा जुम्लामा एक कक्षामा भर्ना भए ।उनी सानोमा चन्चले स्वभावका थिए गिरी, सधै कक्षा कोठाका प्रथम विद्यार्थी हुन् । उनको त्यो पढाई मेहनत इमान्दारीता देखेर शिक्षकहरु पनि निकै रुचाउन्थे ।
पढाइमा रुचिकै कारण गिरी सधै प्रथम हुन्थे । कहिले कही कक्षामा दोस्रो हुन्छु जब परीक्षा नजिक आउँथ्यो तव खुब चिन्ता त लाग्थ्यो उनी भन्छन् । तर माध्यमिक शिक्षासम्म दोस्रो हुनु परेन ।
पढाइ राम्रो भएकै कारण गुरुहरुसँग निकै घुलमिल थिए । स्कूले जीवन र धुलोमाटो खेल्दै रमाउने साथीभाइको धेरै याद आउने गरेको गिरी बताउँछन् ।
वि.सं २०५४ सालमा एसएलसी प्रथम श्रेणिबाट पास गरे । उनलाई सबैले बधाई दिए । घरमा बुवा आमा आफन्त सबै खुशि थिए । उनको परिवारको सल्लाह अनुसार गिरी उच्चशिक्षा अध्ययन गर्नका लागि नेपालगञ्ज जाने तय गरियो । उनी जानपनि गए ।गाउँबाट गएको मान्छे त्यहाँ बस्नलाई सजिलो भने थिएन् । उनका ठुलाबुवाका छोरा गिरीका दाई नेपालगंजमा बस्नु हुन्थ्यो । उनी पनि दाईको कोठामा बस्ने अनि पढ्ने सोचका साथ नेपालगंजमा बस्न थाले ।
गिरीे महेन्द्र बहुमुखि क्याम्पस नेपालगंजबाट उच्चशिक्षा स्तरको पढाईको सुरु गरे । उनलाई के विषय पढ्ने कस्तो विषय लिएर पढे, कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यहाँ गए पश्चात बजारको परिवेशलाई नै बुझ्न गारो भयो ।
गिरीका दाईले विज्ञाण विषय पढ्नु पर्छ भन्नु भयो । विद्यालयमा भर्ना पनि गरिदिनु भयो । उनी विद्यालय जान्थे अनि कोठामा फर्किन्थे ।गाउँबाट आएको हुनाले कक्षाका साथिहरु सँग घुल्मिल हुन सकेनन् । गिरी मनमनै सोच्न थाले, कि आमा बुवाको सपना पुरा गर्नु पर्छ । त्यस्को लागि रातदिन नभनि पढ्न र मेहनत गरे म सफल हुन्छु भन्ने लाग्यो ।
परिक्षा नजिकीदै आयो । गिरीले परिक्षा दिए । उनको परिक्षामा राम्रो नम्वर आएर पास भए । उनको त्यो नतिजा देखेर शिक्षकहरुले बधाई दिनु भयो । ५६ सालमा उनको नेपालगंजमा ११ र १२ को पढाई सके ।
गिरी इज्जिनियर अध्ययन गर्ने सपना बोकेर काठमाडौं पुगे । पढाईको यात्रा जारीनै थियो । काठमाडौंमा गएर बस्न खान लाई पनि समस्यानै थियो ।
त्यसपछि काठमाडौं, त्यसमाथि इन्जिनियररिङको पढाई । आर्थिक भारले सताउँछ कि भन्ने चिन्ताले सताउन थाल्यो उनीभन्छन् ।
उनका बुवाले आर्थिक भारमा थेग्न नेपालगञ्ज गएदेखि गाउँमा सानो व्यापार सुरु गर्नुभएको थियो । तर त्यतिले मात्रै इन्जिनियरिङको पढाइ पुरा गर्न सम्भव भने थिएन । घरको यही समस्या बुझेर गिरीका कान्छो काकाले काठमाडौं बस्न लाग्ने खर्च र इन्जिनियरिङ अध्ययन शुल्कमा सहयोग गर्ने हौसला दिए ।
त राम्रो सँग पढ्ने काम गर, काठमाडौं बस्न र अध्ययनमा लाग्ने खर्च म बेहोर्छु ।’ अंकलको यही प्रेरणाले पढाइमा हौसला थपियो ।
उहाँको सपना मलाई इन्जिनियर बनाउने हो । यही हौसल्लाह र सपना बोकेर इन्जिनियरिङको प्रवेश परीक्षामा सहभागी भएँ । उनको भाग्यले साथ दियो । छात्रबृत्ति कोटामा नाम निकाले । त्यसपछि जीवनमा खुशी र संघर्ष थपियो । पढाइमा रुचि बढ्दै गएको थियो । अंकलको सल्लाह अनुसार होस्टेलमा बसेर दिमाग खियाउन थाले अनि मेहनत गरे । अफ्ठेरो पर्दा साथदिने, पढाइमा सधै हौसल्लाह थपिदिने अंकलको यही मायाले जीवनका बाटोहरु खुल्न थाले ।
गिरीले पुलचौक क्याम्पस ललितपुरबाट २०६२ सालमा इलेक्ट्रिकल इन्जिनिरिङको अध्ययन पुरा गरे । उनी अव जागिर गर्ने सोच गरे । उसो त अंकले पनि सोही क्याम्पसबाट ओभरसियर अध्ययन गर्नुभएको थियो । जागिरपछि मलाई जसरी भए पनि इलेक्ट्रिकल इन्जिनिर बनाउने चाहान थियो । अंकलको चाहाना र मेरो भविष्यको योजना दुबै पुरा भयो । त्यो क्षण मेरो लागि जीवनमा खुशी थपिएको दिन थियो गिरी बताउँछन् ।

वि.सं २०६३ सालमा गिरीको पहिलो जागिर हुम्लाबाट सुरु भयो । ६३ सालमा माइक्रोहाइड्रोसँग सम्बन्धित काम गर्ने प्रोजेक्ट ग्रामिण विकास उर्जा कार्यक्रममा काम गर्न लागे । साढे दुईवर्ष हुम्लामा बसेर काम गरे ।
उनको पहिलो तलव १४ हजार रुपैयाँ थियो । त्यहाँ पनि बसाई कष्टकर नै रहयो । भौगोलिक रुपमा विकट मानिने ठाउँमा काम गर्न गारो भयो । धेरै हिड्न पर्यो । उनी भन्छन् मेरो जागिरकोे पहिलोे अनुभव थियो ।
हुम्लामा बस्दा गिरी बैवाहिक जिवनमा बाधिन पुगे । सुर्खेत घरभएकी र हुम्लामा विजनेस गर्ने एक युवतीसँग प्रेम सम्बन्ध गासियो । उनीहरु नजिक बाट दुवै जनलाई बुझ्न थाले दुवैलाई मन पर्यो । अनि विहे गरे । अहिले एक सुन्दर दाम्पत्य जीवन बिताईरहेको छ यो जोडिले ।
हुम्लाको साढे २ वर्षको बसाई पछि, उनको सरुवा दैलेख जिल्लमा भयो ।
दैलेखमा हुँदा अस्थायी जागिरको जग तयार भएको थियो । त्यहा पनि काम गरियो । सुख दुख जसो तसो गरी दिन कटाएकोे उनीबताउँछन् । दैलेखमा पनि करिव दुइ वर्ष जतिकाम गरे । गिरीलाई अस्थायी जागिरले जीवन चल्दैन भन्ने मनमा लाग्न थाल्यो । उनले अव सरकारी जागिरको तयार गर्न थालिसकेका थिए ।
उनले विद्युत प्राधिकरणमा वि.सं २०६८ सालमा नाम निकाले । गिरीको पहिलो स्थायी जागिर सुरु भयो । विद्युत प्राधिकरणमा नेपालगञ्ज क्षेत्रिय कार्यालयमा पहिलो पोष्टिङ भयो ।
करिव साढे तीन वर्ष नेपालगञ्जको बसाइ रहयो । राम्रो काम गर्ने अवसर पाएको गिरी बताउछन् ।
वि.सं २०७१ सालमा उनको सरुवा दाङमा भयो । कार्यालय प्रमुखको पदमा सिफारीस गरियो । दाङको तुलसीपुरमा साढे दुई कार्यालय प्रमुखको जिम्मेवारीपछि सुदुरपश्चिम अत्तिरिया क्षेत्रिय कार्यालय कैलालीमा पुगे । गिरी जागिरको सरुवा हुने क्रम जारी नै थियो ।
त्यसपछि उनको सरुवा आफ्नै कर्णाली प्रदेश सुर्खेतमा भयो । गिरी सहायक प्रबन्धक पदमा रहेर विद्युत प्राधिकरण सुर्खेतको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाली रहेका छन् । सुर्खेतमा राम्रो विद्युत प्रसारण लाईन भएको भए हुन्थ्यो, भन्ने सबैलाई लाग्छ । तर मैले चाहेर मात्रै हुँदैन । यहाँको नेतृत्व तह, यहाँका उद्योगी व्यापारी र प्रदेश सरकारले पहल गरेको खण्डमा तोकिएकै समयमा एकसय ३२ केभिए प्रसारण लाईन सुर्खेतमा ल्याउन सकिन्छ उनी भन्छन् ।
सरकारले कर्णालीमा आगामी तीनवर्षभित्र विद्युतिकरण गरिसक्ने लक्ष्य लिएको छ । यसका लागि नेतृत्व तह र स्वयम् नागरिकको तर्फबाट सामूहिक काम थालेको खण्डमा कर्णालीलाई उज्यालो बनाउन सकिन्छ । समग्र कर्णालीवासी आफै नजुट्दासम्म कर्णाली अन्धकारबाट मुक्त हुन सक्दैन । जन्मे हुर्केको ठाउँलाई विद्युतिकरणमा सम्पन्न बनाउने संकल्प गर्नेमा उनको जोड छ । र सबै लागि परौं ।

कर्णाली प्रदेश जल सम्पदाले धनी प्रदेश हो, छ । तर विद्युतिकरण अन्य प्रदेशको तुलनामा सबै भन्दाकम रहेको छ । अहिलेसम्म साविक कर्णाली अञ्चलका कुनै पनि जिल्लालाई राष्ट्रिय विद्युत प्रसारण लाइनले छोएको भने छैन । हुन त भौगोलिक बनावट एउटा पाटो होला तर चाहने हो, भने विद्युतिकरण असम्भव भने छैन । उत्पादन, वितरण प्रर्णाली र विद्युतिकरणमा समान तालमेल भएको खण्डमा कर्णालीमा सहजै रुपमा विद्युतिकरण गर्न सकिन्छ गिरी भन्छन् । तर अहिलेसम्म विद्युतिकरणको संरचनाहरु निकै कमजोर रहेका छन् । कम्जोर विद्युतिकरणका कारण बेलाबेलामा समस्या हुँदै आएको छ । यस्तो हुनुका पछाडि दुई वटा कारणहरु छन् । पहिलो रुड ९ ठाउँ र दोस्रो हाम्रो गाउँबस्तीहरु छन् । बलियो विद्युतिकरण बनाउन सहज रुड हुनुपर्छ तर जंगलको बीच–बीचमा बस्तीहरु रहेका छन् ।
जसले गर्दा सहज रुड छोडेर जंगलै–जंगल प्रसारण लाइन तान्नुपर्छ । यही कारण उपभोक्ताले बेलाबेलामा विद्युत अवरोध खेप्नु परेको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनमा भएको समस्या यही हो । कोहलपुर–सुर्खेत खण्डको ८० प्रतिशत क्षेत्र जंगलमा पर्छ । जसले गर्दा हावाहुरी चल्यो र रुखका हाँगाहरुका कारण लाइनमा अवरोध भईरहेको छ । यसबाट मुक्ती पाउने एउटै उपाय भनेको एकसय ३२ केभिए प्रसारण लाईन हो ।
एकसय ३२ केभिए लाइन तानेको खण्डमा विद्युतका पोलहरु रुखभन्दा अग्ला हुन्छन् जसले गर्दा हावाहुरी चल्यो, रुख ढल्यो भने विद्युतका तारहरुमा पर्दैन ।
त्यसैले जबसम्म सुर्खेतमा एकसय ३२ केभिए विद्युत प्रसारण लाइन आउँदैन तवसम्म विद्युत अवरोधको समस्या हल हुन सम्भव छैन ।

अहिले पनि सुर्खेतमा बेलाबेलामा विद्युत अवरोध हुँदै आएको छ । कहिलेकाँही प्राविधिक कारणले प्रसारण लाइनमा समस्या आउँछ जो स्वाभाविक कुरा हो । किनकी इलेक्ट्रिकल बस्तुहरु कहाँ कतिबेला के हुन्छ भन्ने सकिदैन । तर सुर्खेत, रुकुमपश्चिम र सल्यानको केही भाग, दैलेख र जाजरकोटसम्म विद्युत अवरोध हुनुको मुख्य समस्या रुड नै हो ।
कोहोलपुर–सुर्खेत प्रसारण लाइनको ८० प्रतिशत भागमा जंगलपर्छ । जसले गर्दा जमिन छुनेगरी कुनै पनि बस्तु विद्युतको लाइनमा प¥यो भने प्रसारणमा अवरोध आउँछ ।
यस कारण चैत बैशाखमा चल्ने हावाहुरी र असार–साउनको हावापानीले सबैभन्दा बढी विद्युत अवरोध हुन्छ । हावा चल्यो कि कतिबेला रुखका हाँगाहरु लाइनमा पर्छन् र प्रसारण अबरुद्ध हुन्छ ।
तर यो समस्या एकसय ३२ केभिए प्रसारण लाइन नहुँदा भइनै रहन्छ । अहिले पनि लाइन ग¥यो कि उपभोक्ताको फोन आउन सुरु गर्छ । लाइन नआउँदासम्म टेलिफोनको घण्टी बज्न छोड्दैन विद्युत प्राधिकरण प्रमुख गिरी भन्छन् । कोहलपुर– सुर्खेत खण्डको अधिकांश क्षेत्र राष्ट्रिय निकुन्ज भएका कारण जंगली जनावारको डरका कारण कार्यक्षेत्रमा खटिन समस्या हुन्छ । त्यसैले कहिले कही समस्या हुन्छ । तर हामी जनताको सेवाका लागि सरकारी सेवामा आयौं । सेवा दिन्छौं, आम नागरिकको घरमा उज्यालो दिने र अझै विद्युतमा परिर्वतन गरेर काम गर्ने प्रमुख गिरीको लक्ष्य रहेको छ ।

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a